सन्तोष दहित
दाङ, फागुन ९ गते । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिमा अन्तर्गतको दैनिक दिइने सेवा सुविधा कटौती गरेको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरेर बिमित बिरामीलाई दिएको सेवा सुविधा बापत बिमाबोर्डबाट प्रतिष्ठानलाई ११ करोड रकम भुक्तानी नभएकोले अबदेखि उक्त सेवा दिन नसकिने बताएको हो ।
प्रतिष्ठानका निमित्त निर्देशक जनार्दन पन्थीले १८ गतेदेखि बिमा अन्तर्गत औषधी तीन महिनाबाट १ हप्तामा सिमित गरिएको जानकारी दिनुभयो । त्यस्तै प्रयोगशाला र रेडियोलोजी जाँचहरू स्थगित गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
उहाँले प्रतिष्ठानलाई उक्त भुक्तानी पाएमा पुन: उक्त सेवालाई अगाडि बढाउने जानकारी दिनुभयो । तर अहिलेको परिस्थितिमा बिमित बिरामीहरूलाई औषधी लगायत चेक जाच सेवा दिन नसकिने बताउनुभयो ।
बिमित बिरामीहरूको अत्यधिप चाप बढेकोले दैनिक दिइने सेवालाई फागुन १८ गतेदेखि बिमा अन्तर्गत औषधी ३ महिनाबाट १ हप्तामा सिमित गरिएको प्रतिष्ठानका निमित्त पन्थीले जानकारी दिनुभयो।