• १० फागुन २०८१, शनिबार

निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्कन्छ : अर्थमन्त्री पौडेल

blog

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन ९ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कने बताउनुभएको छ । 

फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले नेपाललाई ग्रे लिष्टमा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, "विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो । पेरिस बैठकबाट नेपालको एक्सन प्लान स्वीकृत भएको छ । एक्सन प्लानअनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कन्छौं ।"