• १० फागुन २०८१, शनिबार

नारायणी नदीमा हामफालेका व्यक्तिको सकुशल उद्धार

blog

नारायणी नदीको पुलबाट हामफालेका व्यक्तिको सकुशल उद्धार गर्दै सशस्त्र प्रहरी । तस्बिर : सशस्त्र प्रहरी

चितवन, फागुन ९ गते । चितवन जिल्ला भरतपुर महानगरपालिका–३ पुलचोकस्थित नारायणी नदीको पुलबाट हामफालेका व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सोही महानगरपालिका–२ आँपटारी बस्ने ७९ वर्षीय खिला शर्मा अधिकारीले पुलबाट नारायणी नदीमा हामफाल्नुभएको थियो । अधिकारीलाई चितवनबाट खटिएको इमिडियट रेस्पोन्स टिम (आइ आर टी) ले शुक्रबार सकुशल उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।