अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एक आदेशपत्रमा हस्ताक्षर गर्दै प्रविधि र महत्त्वपूर्ण पूर्वाधारजस्ता रणनीतिक क्षेत्रमा चिनियाँ लगानीमाथि अङ्कुश लगाउन आग्रह गर्नुभएको छ ।
विज्ञहरूले नेपाललाई समृद्ध बनाउन चीनबाट पाठ सिक्नुपर्ने सुझाव दिएका छन् । शनिबार काठमाडौंमा फ्रेन्ड्स अन द क्लाउडः प्लेटफर्म अफ इन्फ्लुएन्सर्स नेपालद्वारा आयोजित ‘नेपाल–चीन साझेदारीः नेपालको वित्तीय वृद्धिलाई अगाडि बढाउने’ कार्यक्रमका सहभागीहरूले यस सम्बन्धमा आफ्नो विचार राखेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राजनीतिक शत्रुहरूलाई खेद्ने धम्की दिने ट्रम्पका कट्टर विश्वासपात्र काश पटेललाई रिपब्लिकन नियन्त्रित अमेरिकी सिनेटले बिहीबार देशको सर्वोच्च कानुन कार्यान्वयन गर्ने निकाय एफबीआईको निर्देशकमा निर्वाचित गरेको छ।
प्यालेस्टिनी लडाकूहरूले शनिबार दुई इजरायली बन्धकहरूलाई मुक्त गरेका छन् । इजरायली सुरक्षा बलले शनिबार रिहा भएका ती व्यक्तिहरूलाई बुझी इजरायली भूमिमा फिर्ता गरेको इजरायली सेनाले जनाएको छ ।
पश्चिम नेपालको प्रमुख रेफरल अस्पतालको रूपमा रहेको भेरी अस्पतालको आइसियूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न नेकपा (एमाले) बाँकेले माग गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मैवाखोला गाउँपालिका कमिटीको अध्यक्षमा चन्द्रकुमार तामाङ चयन हुनुभएको छ । गाउँपालिका कमिटीको तेस्रो अधिवेशनले तामाङ अध्यक्ष रहेको नयाँ पालिका कमिटी सर्वसम्मत चयन गरेको हो ।
बारीमा सिन्की सुकाउँदै दङ्गीशरण गाउपालिका वडा नम्बर– ३ हेकुलीकी अनिता चौधरी । पश्चिम नेपालका थारू समुदायले मुला र मुलाको पातलाई थिचेर सिन्की बनाउने गर्छन् ।
‘राष्ट्र निर्माणमा युवाको योगदान’ विषयमा तथ्यमा आधारित प्रचार अभियान कार्यक्रम जनकपुरधाममा सुरू भएको छ ।
गुल्मीमा नयाँभन्दा प्रतिलिपि नागरिकता बनाउने दोब्बर रहेका छन् । प्रशासनको अभिलेख अनुसार गत आइतबारदेखि शुक्रबारसम्म ८९ जनाले नयाँ नागरिकता बनाउँदा १७९ जनाले प्रतिलिपि बनाएका छन् ।
नेपाल माझी उत्थान सङ्घ पाँचथरको अध्यक्षमा राम प्रसाद माझी चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा बिरबहादुर माझी, सचिव विमला माझी, सहसचिव ममिता माझी, कोषाध्यक्ष रिता माझी निर्वाचित हुनुभएको छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गरेको दाबी गर्दै सजाय पाउनुपर्ने बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने देशहरूमाथि प्रतिशोधात्मक कर लगाउने बताउनुभएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले नेपालका अदालती प्रक्रियाहरू पनि छिटै अनलाइन प्रणालीबाट टुङ्गो लगाउने बताउनुभएको छ ।
ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा आदिवासी जनजातिको मौलिक संस्कृति प्रवर्धनमा जोड दिँदै सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । ‘बहुलजाती भाषा संस्कार संस्कृति र विविधता हाम्रो पहिचान, समृद्ध खिजिदेम्बा निर्माणका लागि सामूहिक अभियान’ भन्ने मुल नाराका साथ खिजिदेम्बा गाउँपालिका–५ को खिजिफलाटे बजारमा तीन दिनसम्म महोत्सव सञ्चालन भएको थियो ।
आठ वर्षअघि २०७३ साल असार २० मा एमएस सञ्जीवनी खड्का कृष्णा र द क्याराभान कम्पनीले संयुक्त रूपमा ठेक्का सम्झौता गरेको मनाङको नासोँ गाउँपालिका ५ र ६ नम्बर वडा जोड्ने मोटरेबल पुल हालसम्म दुई पिलरमा नै सीमित छ ।