लक्ष्मी चौधरी
जनकपुरधाम, फागुन १० गते । ‘राष्ट्र निर्माणमा युवाको योगदान’ विषयमा तथ्यमा आधारित प्रचार अभियान कार्यक्रम जनकपुरधाममा सुरू भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा सूचना, सञ्चार तथा प्रचार विभागले शनिबार जनकपुरधममा आयोजना गरेको राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान कार्यक्रम सुरु भएको हो ।
सहभागीहरूले युवाहरूको सीप विकास, रोजगारीका अवसरहरू तथा उनीहरूलाई नीति निर्माण प्रक्रियामा समेट्ने विषयमा छलफल गरेका छन् ।
कार्यक्रमको उद्देश्य युवाहरूलाई राष्ट्र निर्माणमा संलग्न गराउने, तथ्यमा आधारित जानकारी प्रदान गर्ने र उनीहरूको सक्रिया सहभागिता सुनिश्चित गर्ने रहेको आयोजकहरूले जनाएका छन् । जनकपुरधामबाट सुरू भएको यो अभियान क्रमशः अन्य प्रदेशहरूमा समेत विस्तार गरिने योजना रहेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक समेत रहनुभएका सजन ठाकुरको अध्यक्षतामा आयोजित सो कार्यक्रममा सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य एवम् शिक्षा विभाग प्रमुख, केन्द्रीय सदस्यहरू चन्द्रमोहन यादव, गुरु बराल, जनकपुरधामका प्रमुख मनोजकुमार साह, प्रदेशका स्थानीय जनप्रतिनिधिहरू, युवाहरूको उपस्थिति रहेको छ ।