अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने देशहरूमाथि प्रतिशोधात्मक कर लगाउने बताउनुभएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले नेपालका अदालती प्रक्रियाहरू पनि छिटै अनलाइन प्रणालीबाट टुङ्गो लगाउने बताउनुभएको छ ।
ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा आदिवासी जनजातिको मौलिक संस्कृति प्रवर्धनमा जोड दिँदै सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । ‘बहुलजाती भाषा संस्कार संस्कृति र विविधता हाम्रो पहिचान, समृद्ध खिजिदेम्बा निर्माणका लागि सामूहिक अभियान’ भन्ने मुल नाराका साथ खिजिदेम्बा गाउँपालिका–५ को खिजिफलाटे बजारमा तीन दिनसम्म महोत्सव सञ्चालन भएको थियो ।
आठ वर्षअघि २०७३ साल असार २० मा एमएस सञ्जीवनी खड्का कृष्णा र द क्याराभान कम्पनीले संयुक्त रूपमा ठेक्का सम्झौता गरेको मनाङको नासोँ गाउँपालिका ५ र ६ नम्बर वडा जोड्ने मोटरेबल पुल हालसम्म दुई पिलरमा नै सीमित छ ।
२५ लाई २५ ले गुणन गर्दा कति हुन्छ ? कक्षा ११ को विद्यार्थीहरुलाई सोधिएको प्रश्नमा कुनै पनि विद्यार्थीहरुले सहि उत्तर दिन सकेन । सर्लाहीका प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंह जलेश्वर नगरपालिका वडा नं. ४ सुगामा रहेको शुकदेव माध्यमिक विद्यालयको प्राविधिक तर्फका कक्षा ११ को विद्यार्थीहरुलाई गुणन सोध्दा कसैले जवाफ फर्काउन सकेका थिएनन् ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा भर्खरै निर्माण गरिएको नवग्रह मन्दिरको कारण यस क्षेत्रमा चहलपहल बढेको छ । पालिकालाई धार्मिक पर्यटनको क्षेत्रमा अगाडि बढाउने योजनाका साथ अर्जुन चौपारी गाउँपालिकाले नवग्रह मन्दिर बनाएको हो ।
शुक्रबार इजरायलमा फिर्ता गरिएका अवशेषहरूमध्ये सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) ले बन्धक बनाएका इजरायली नागरिक शिरी बिबासको भएको पुष्टि भएको उहाँको परिवारले शनिबार जनाएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अब आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको बताउनुभएको छ ।
भेरी अस्पताल नेपालगन्ज र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंबिच मानव सङ्कलित नमूनाको प्रयोगशाला परीक्षणका लागि सम्झौता भएको छ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको महाधिवेशन पार्टीको विधान र नेपालको संविधानमा भएको प्रावधानअनुसार सबैलाई मिलाएर हुने बताउनुभएको छ ।
पोखरामा शनिबार फोहोर सङ्कलन दौड प्रतियोगिता भएको छ । “स्वच्छ देश, हाम्रो परिवेश” भन्ने नारासाथ फोहोर सङ्कलन दौड आयोजना गरिएको हो ।
गुल्मी जिल्लाबाट ६४ जना गैरआवासीय नेपाली नागरिकले नागरिकता लिएका छन् । २०८० कात्तिक १९ गतेबाट हालसम्म जिल्ला प्रशासन कार्यालय गुल्मीबाट ६४ जनाले गैरआवसीय नागरिकता लिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।
गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प नभएको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनमा उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने बताउनुभयो ।
कुम्भ स्नान गरेर फर्किदै गरेको स्कारपियो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । भारतको यूपी राज्यअन्तर्गत गोरखपुरमा स्करपियो ट्याक्टरसँग ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
मकवानपुर र काठमाडौं जोड्ने छोटो दूरीको सडक हेटौँडा–फाखेल–फर्पिङ सडकस्तरोन्नतिका क्रममा शनिबारबाट एकतर्फी गरिएको छ ।