यस वर्षको प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगितामाअन्तर्गत ४२ किमी दूरीको दौडमा रणशेर गणका हुद्धा खड्गबहादुर खड्का प्रथम हुनुभएको छ ।
भृकुटीमण्डपमा जारी १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागी उद्यमीहरुले यस्तो बताएका हुन् । प्राइम सेरामिक्स प्रालिका सञ्चालक आशिष गढले नेपालमा हाल ६ वटा टायल उद्योगले टायल उत्पादन गरेर नेपाललाई आत्मनिर्भरतातर्फ लगिरहेको बताउनुभयो ।
स्याङ्जाको चापाकोटका विभिन्न स्थानमा सामूहिक आलुखेती गरिएको छ । चापाकोट नगरपालिकाको वडा नं ८ र ९ का तीन वटा सहकारीमा आबद्ध कृषकहरूले झण्डै चार सय रोपनीमा सामूहिक आलुखेती गरेका हुन् ।
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी काेरिडोर सडक आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडक निर्माणले गति लिएको छ । सडक निर्माणको जिम्मा लिएको निर्माण व्यवसायीको ढिलासुस्ती र लापरबाहीका कारण अलपत्र परेको यो आयोजना सरोकारवालाहरुको दबाबका कारण पछिल्ला केही महिना यता निर्माणले गति लिएको हो ।
नेपाली कांग्रेसका नेता तथा तनहुँ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले औद्योगिक तथा पर्यटन विकासका लागि सरकारले प्राथमिकता दिनु पर्ने बताउनुभएको छ ।
अस्ट्रेलियाको बेरोजगारी दर जनवरीमा बढेर ४.१ प्रतिशत पुगेको छ । जुन डिसेम्बरमा ४.० प्रतिशत थियो । आधिकारिक तथ्याङ्कअनुसार श्रमशक्ति सहभागिता दरले रेकर्ड उच्चतम स्तरमा पुगेको छ ।
झापाको मेचीनगर नगरपालिकामा भएको आगलागीको घटनामा परेर एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार बेलुका मेचीनगर नगरपालिका वडा नं. ४ आमडाँगीमा लागेको आगलागीमा परेर ५१ वर्षीय विरेन्द्रराज राई गम्भीर घाइते हुनुभएको प्रहरीले जनाएको छ ।
मेची राजमार्गको रोङ गाउँपालिका ३, हाँसपोखरीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको सूर्याेदय नगरपालिका ६, फाजीगाउँका ४० वर्षीय दीर्घराज राई र उहाँका ७० वर्षीय बुबा पवनकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
१३ औँ धरान १०–के रनको खुला उपाधी पुरुषतर्फ केन्याका धावक ह्विल्सन चेउलियोट र महिलातर्फ केन्याकै शरन जेरोटिस प्रथम हुनुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सबै भाषा, कला, संस्कृति तथा सम्भयताको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्न प्रज्ञाप्रतिष्ठानले सम्बोधन गरिने बताउनुभएको छ ।
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर निर्माणमा भइरहेको ढिलासुस्तीलाई लिएर पर्वतका स्थानीयवासी आक्रोशित भएका छन् । कालीगण्डकी कोरिडोर निर्माण कार्यको सुस्तगतिका कारण सिँचाइ र खानेपानीका योजना अवरुद्ध, गोरेटाबाटा र सहायक कच्ची सडकमार्ग लथालिंग भई जनजीवन प्रभावित बनेको स्थानीयवासीको गुनासो छ ।
मुस्ताङमा नकुहिने सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापन अभियान सञ्चालन भएको छ ।
म्याग्दी, फागुन १० गते । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक तातोपानी सङ्कलन गरिएको पोखरीमा शरीर डुबाएर स्नान गर्नेहरुको घुइँचो । तातोपानीमा हाल दैनिक एक हजार एक सय जनाले स्नान गर्ने गरेका छन् । जमिनभित्रबाट विरेनुनको गन्धमा ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेमा चोट पटक लागेको, ग्यास्ट्रिक, गानोगोला, सर्केमर्केको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । तस्बिरः रासस
मुग्लिङ, फागुन १० गते । मुग्लिङ–पोखरा सडक आयोजना पूर्वी खण्ड अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका ५ याम्पामा दुवै लेनमा दोस्रो चरणको कालोपत्र गरिएपछिको चिटिक्क सडक । पूर्वी खण्डमा सडक विस्तार कार्य ७७ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । तस्बिरः रासस
मनाङ, फागुन १० गते । मनाङ चामे गाउँपालिका ३ कोतोस्थित छोर्तेन र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण हिमशृङ्खला । तस्बिरः रासस