उपचार गर्ने खर्च नहुँदा बैतडी पाटनका एक किसानले ५० हजार रुपियाँमा भैँसी बेचेर श्रीमतीको उपचार गरिरहनु भएको छ । भैँसी बेचेको रकमले उपचार गर्न नपुग्दा आफन्त नातेदार र गाउँले मिलेर आर्थिक सङ्कलन गर्ने अभियान चलाए पनि पर्याप्त रकम नउठेको उहाँको भनाइ छ ।
गुल्मीको मदाने गाउँपालिकाद्वारा आयोजित तेस्रो अध्यक्ष कप भलिबलको उपाधि पुरुषतर्फ मदाने गाउँपालिका र महिलातर्फ वडा नम्बर–३, सिर्सेनीले जितेको छ। तेस्रो अध्यक्ष कपको अवसरमा अन्तर स्थानीय तहस्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा प्रथम भएको आयोजक मदाने गाउँपालिकाले मुसिकोट नगरपालिकालाई ३–२ को सेटले हरायो।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको उडिसास्थित केआइआइटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे आज उडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ।
रूपन्देहीमा ‘मेरो विद्यालय मेरो दायित्व अभियान’ को शुभारम्भ गरिएको छ। विद्यालयमा शैक्षिक विकास र सुधारका लागि भरोसा योग्य कार्यक्रम संचालन गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय मेरो दायित्व अभियान’ २०८१ को शुभारम्भ गरेको हो।
नवौँ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी–२०८१ को अवसरमा युवा कृषक शारदा शर्मा र फुटबल खेलाडी सृष्टि चौधरी सम्मानित हुनुभएको छ ।
प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । आज यहाँ आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोकार्पण गर्नुभयो ।
अमेरिकी एसोसिएटेड प्रेस (एपी) ले राष्ट्रपति ट्रम्प प्रशासनका तीन जना अधिकारीविरुद्ध शुक्रबार राष्ट्रपतिको कार्यक्रममा पहुँच नभएको भन्दै मुद्दा दायर गरेको छ । मुद्दाबारे ह्वाइट हाउसका प्रेस सेक्रेटरीले भन्नुभयो, “हामी यसलाई अदालतमा नै हेर्नेछौँ ।
जुम्ला सदरमुकामदेखि हिँडेर एक दिन लाग्ने हिमा गाउँपालिका ७ धाचुमा स्याउँ रोप्न आएका विप्लवलाई नेकपा जुम्लाका नेता कार्यकर्ता तथा स्थानीय जनताले बाजागाजा र फूलमालाले स्वागत गरेका छन्।
प्युठान जिल्लाको माण्डवी गाउँपालिका–२ रातापानीमा एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन् । घटना शङ्कास्पद भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा अध्ययनरत २० जना विद्यार्थी काँकड्भिट्टा नाका हुँदै नेपाल फर्किएका छन् ।
सल्यानमा आयोजित जिल्ला सम्मेलनलाई सम्बोधन गर्न आउने क्रममा सल्लीबजारमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उहाँले कांग्रेसले देशलाई सम्हाल्ने जिम्मेवारी लिएको र पार्टीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
रोल्पाको सदरमुकाम लिबाङमा मोतिविन्दु भएका एक सय १६ जना बिरामीहरूको शल्यक्रिया गरिएको छ । नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठान, तिलगंगा सर्जिकल आँखा केन्द्र रोल्पा, नेपाल रेडक्रस सोसाइटी रोल्पाको आयोजनामा, द फ्रेड हलोज फाउन्डेसनको आर्थिक सहयोगमा आँखा शल्यक्रिया शिविर सञ्चालन गरिएको थियो ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बढ्दो आधुनिकतासँगै हराउँदै गएको परम्परागत सिप र सांस्कृतिक महत्व बोेकेको ‘दुनो’ र ‘टपरी’ को प्रयोग बढाउन रौतहटको दुई वटा सामुदायिक वनले महत्त्वपूर्ण भूमिका खेलेको छ ।
दोस्रो पुरुष अन्तरपालिका स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङ नगरपालिकाले जितेको छ ।