• १० फागुन २०८१, शनिबार

एक सय १६ जना मोतिविन्दु बिरामीको शल्यक्रिया

blog

मोतिविन्दुका शल्याक्रिया गरेकाबिरामीहरू । तस्बिर : पहलमान घर्ती

पहलमान घर्ती
होलेरी (रोल्पा), फागुन १० गते ।
रोल्पाको सदरमुकाम लिबाङमा मोतिविन्दु भएका एक सय १६ जना बिरामीहरूको शल्यक्रिया गरिएको छ । नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठान, तिलगङ्गा सर्जिकल आँखा केन्द्र रोल्पा, नेपाल रेडक्रस सोसाइटी रोल्पाको आयोजनामा, द फ्रेड हलोज फाउन्डेसनको आर्थिक सहयोगमा आँखा शल्यक्रिया शिविर सञ्चालन गरिएको थियो ।

फागुन ७ र ८ गते तिलगङ्गा सर्जिकल आँखा केन्द्र लिवाङ रोल्पामा भएको आँखा शल्यक्रिया शिविरबाट ती मोतिविन्दु भएका बिरामीहरूको निःशुल्क शल्यक्रिया र ३ जनाको आँखामा मासु पलाएको बिरामीहरूको शल्यक्रिया गरिएको सामुदायिक आँखा केन्द्र रोल्पाले जनाएको छ । उक्त शल्यक्रिया शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विषेशज्ञ डा. विवेक विष्ट, डा. लिनु रायमाझी र वरिष्ठ नेत्र अधिकृत राम सिंह तामाङ्ग सहितको प्राविधिक टोलिले उपचार गरेको थियो ।

मोतिविन्दुको कारणले हुने अन्धोपन न्यूनीकरण गर्न यो अभियान सञ्चालनमा ल्याइएको सामुदायिक आँखा केन्द्रको इन्चार्ज खडक भाटले बताउनुभएको छ ।