राष्ट्रिय दलित पत्रकार संघ नेपालको काठमाडौँ उपत्यका प्रदेश समितिको अध्यक्षमा अनिल सुनाम चयन हुनुभएको छ । संघको शनिबार सम्पन्न अधिवेशनले अध्यक्ष सुनामसहित २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नेकपा (एमाले) का सचिव एवम पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले एमाले नेतृत्वको सरकारले गरेको कामलाई जनताविचमा पुर्याउन नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
जिल्लाको उत्तरी क्षेत्रका प्रहरी चौकीमा उजुरी नपरेको देखिएको छ । हिउँदमा चिसोको कारण मानिसहरुको वसोवास कम हुने र बाहिरका मानिसहरुको आउजाउ नहुने भएका कारण कुनै अपराधिक घटना नघट्ने र उजुरी नपर्ने प्रहरी कार्यालयका पदाधिकारीको भनाइ छ ।
चलचित्र पत्रकार संघ दाङले वार्षिकोत्सवका अवसरमा दाङ जिल्लामा रही पत्रकारिताका क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गरेको छ ।
प्राचिन धार्मिक एवं पर्यटकीयस्थलको रूपमा रहेको लक्ष्मीनाथ महादेव मन्दिर चिताइन परिसरमा धर्मशाला निर्माण गरिएको छ । सर्लाहीको हरिपुर नगरपालिका –७, चिताइनस्थित मन्दिर परिसरमा दुुई तले पक्की धर्मशाला भवन निर्माण गरिएको हो ।
पाँचथरको फालेलुङ गाउँपालिकामा सुकेको मकैका खोस्टाबाट फूल र ब्याच बनाउने तालिम आयोजना गरिएको छ।
बालबालिकाको सिकाइका निम्ति आधारभूत विषय पोषणयुक्त खाजा भएकाले विद्यालय खाजामा लगानी बढाउन सरोकारवालाले माग गरेका छन् ।
नेपाल खेलकुद महासङ्घअन्तर्गतको राष्ट्रिय बुद्धिचाल सङ्घमा धरमबहादुर लामा निर्वाचित हुनुभएको छ ।
प्रथम महिला राधिका शाक्यले बालकोटको घर पसिना र मिहिनेतबाट बनेको बताउनुभएको छ। “हाम्रो जीवनशैली समान्य नै हो। दुःखी, गरिब र असहायलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ। जीवनको एक एक हिसाब बुुझाउन म तयार छु। बालकोटको घर हाम्रो पसिना र मिहिनेतबाट बनाइएको हो।’’
बेंसीसहर नगरपालिका –९ विम्दाबेंसीकी प्रेमकुमारी गुरुङलाई कोदोको ढिंडो र रोटी मात्र बन्छ भन्ने लागेको थियो । बेंसीसहर–१० का सुजन रिमालले पनि फापरलाई ढिँडो र रोटी बनाएर खानुहुन्थ्यो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ पुस्तक सत्य लिखतमा आधारित पुस्तक भएको बताउनुभएको छ।
प्रधान सेनापति खुला म्याराथन ४२ किमी पुरुषतर्फ नेपाली सेनाका खड्गबहादुर खड्का पहिलो हुनुभएको छ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोलाई कालो झण्डा देखाइएको छ । विकास प्रेमी युवा समाज ताप्लेजुङले फुङलिङ नगरपालिका वडा ६ होटल प्यारीज अगाडि कालो झण्डा देखाइएको हो ।
उपचार गर्ने खर्च नहुँदा बैतडी पाटनका एक किसानले ५० हजार रुपियाँमा भैँसी बेचेर श्रीमतीको उपचार गरिरहनु भएको छ । भैँसी बेचेको रकमले उपचार गर्न नपुग्दा आफन्त नातेदार र गाउँले मिलेर आर्थिक सङ्कलन गर्ने अभियान चलाए पनि पर्याप्त रकम नउठेको उहाँको भनाइ छ ।
गुल्मीको मदाने गाउँपालिकाद्वारा आयोजित तेस्रो अध्यक्ष कप भलिबलको उपाधि पुरुषतर्फ मदाने गाउँपालिका र महिलातर्फ वडा नम्बर–३, सिर्सेनीले जितेको छ। तेस्रो अध्यक्ष कपको अवसरमा अन्तर स्थानीय तहस्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा प्रथम भएको आयोजक मदाने गाउँपालिकाले मुसिकोट नगरपालिकालाई ३–२ को सेटले हरायो।