काठमाडौँ, फागुन १० गते । नेपाल खेलकुद महासङ्घअन्तर्गतको राष्ट्रिय बुद्धिचाल सङ्घमा धरमबहादुर लामा निर्वाचित हुनुभएको छ ।
काठमाडौँमा शनिबार सम्पन्न सङ्घको दोस्रो अधिवेशनबाट नेपाल बुद्धिचाल महासङ्घको महासचिव समेत रहनुभएका लामा निर्वाचित हुनुभएको हो । अधिवेशनबाट लामाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको छ ।
सङ्घको उपाध्यक्षमा जितबहादुर केप्छाकी र किरण नापित हुनुहुन्छ । सचिवमा सुमन जोशी, उपसचिवमा सुशिल चौधरी र सन्तोष पौडेल तथा कोषाध्यक्षमा सुशिला गुरुङ निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यहरुमा रमिला पोखरेल, मिशन बास्कोटा, पशुपतिनाथ योगी, पार्वती श्रेष्ठ, सुशिल केसी, प्रकाश नेपाल, गगन शाही, भरत धिमाल, सजिन महर्जन, हरि होना, मनबहादुर कार्की र अमित चक्रधर निर्वाचित हुनुभयो । अधिवेशनअघि नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जनले सफलताको शुभकामना दिनुभएको थियो ।