तुलसीपुर उपमहानगरपालिका–७ का दिया चौधरी बिहानै तुलसीपुर बजारमा तरकारी बिक्री गर्न जानुहुन्छ ।
महोत्तरीको बर्दीबास नगरपालिका–९, पशुपतिनगरका शत्रुधन महतोलार्ई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ ।
विद्युत् नियमन आयोगले ठुला उद्योगहरूको बक्यौता विद्युत् महसुल उठाउने उद्देश्यले लाइन नकाट्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।
वन्यजन्तुको क्षति बढ्दै जाँदा बैतडीमा पछिल्लो समय उखु खेती घट्दै गएको छ । बँदेल र बाँदरबाट क्षति बढेको र मेहनत तथा लागत अनुसार फाइदा नहुँदा उखु खेती कम भइरहेको हो ।
दक्ष भएर वैदेशिक रोजगारीमा जान चाहने र विदेशबाट फर्किएर देशमै केही गर्ने योजना भएकालाई वैदेशिक रोजगार बोर्डले विभिन्न १८ वटा विधामा निःशुल्क एकमहिने तालिम दिने तयारी गरेको छ ।
पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा राष्ट्रिय सभाका ३० सदस्यले १०६ वटा संशोधन दर्ता गराएका छन् ।
मानव कल्याणका लागि पशु कल्याण पनि उत्तिकै महत्वपूर्ण भएको भन्दै पशु अधिकारकर्मीले पशु कल्याण ऐन छिट्टै बन्नुपर्नेमा जोड दिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर थप तीन वटा अन्तर्राष्ट्रिय हवाई कम्पनीले नियमित उडान गर्ने भएका छन् ।
ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर ताप्लेजुङ सदरमुकाम फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबिच आज फेरि झडप भएको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार राँके जुलुसलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।
जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका ८ बाट ढोले बजारतर्फ आउँदै गरेको से १ ज ४१४ नंम्बरको जिप सोही वडाको बजालाउनेधारमा दुर्घटना हुँदा ५ जना घाइते भएका हुन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की आफ्नो देशको दुर्लभ पृथ्वी खनिजमा संयुक्त राज्य अमेरिकालाई प्राथमिक पहुँच दिने सम्झौतामा हस्ताक्षर गर्न ‘तयार नभएको’ एक युक्रेनी स्रोतले बताएको छ ।
साहित्यकार मोती शोभा श्रेष्ठद्वारा लिखित चारवटा कृति लोकार्पण गरिएको छ । ती कृतिमा नेपाली भाषामा ‘अल्झिएका धागाहरु’ कथा संग्रह, ‘फूलबारी’ लघुउपन्यास, नेपाल भाषामा ‘घुटु चियाया’ कथा संग्रह तथा अंग्रेजी भाषामा ‘नेचर’ को लघु उपन्यास लोकार्पण गरिएको हो ।
गत बुधबार सीमापारी भारतीय बजारबाट घरायसी प्रयोजनका लागि मोटरसाइकमा राखेर समान लिएर आउनेक्रममा बलरा नगरपालिका–३, निवासी महेन्द्र रायका छोरा १८ वर्षीय गोलु राय घाइते हुनुुभएको थियो । उहाँको अहिले बीएण्डबी अस्पताल काठमाडौंमा उपचार जारी छ ।
म्याग्दीको बेनी नगरपालिका–४, प्राकृतिक उपचार केन्द्र तातोपानीमा स्नान गर्न आउने बिरामीलाई केरा बेच्दै मिर्गौला पीडित नन्दकुमारी किसान ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नयाँ पुस्तालाई आधुनिक प्रविधिको प्रयोग गर्दै तथ्यमा आधारित जानकारी जनतासमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्न आग्रह गर्नुभएको छ।