• ११ फागुन २०८१, आइतबार

गोलुको खुट्टा काटियो : प्रहरीले कुटेको आरोप, एसएसबी भन्छ-दुर्घटना हो

blog

दाहिने खट्टा काट्न परेपछि बीएण्डबी अस्पतालमा उपचाररत गोलु साह।

जनार्जन खत्री

सर्लाही, फागुन १० गते । सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिकाका एक युवकको दाहिने खट्टा काट्नु परेको छ । 

गत बुधबार सीमापारी भारतीय बजारबाट घरायसी प्रयोजनका लागि मोटरसाइकमा राखेर समान लिएर आउनेक्रममा बलरा नगरपालिका–३, निवासी महेन्द्र रायका छोरा १८ वर्षीय गोलु राय घाइते हुनुुभएको थियो । उहाँको अहिले बीएण्डबी अस्पताल काठमाडौंमा उपचार जारी छ । 

गोलुको दाहिने खुट्टामा हड्डी फुटेर रगत जमेपछि खुट्टा नै काट्नुपरेको छ । गोलुका आफन्तले उहाँमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ज्यादतीपूर्ण कुटपिट गरेर यस्तो अवस्था आएको आरोप लगाएका छन् । 

एसएसबीले गोलुलाई घरमा पूजाका लागि समान किनेर फर्किदै गर्दा कुटपिट गरेर गम्भीर घाइते बनाएको बताएका छन् । यो घटना भारतसँगै सीमा जोडिएको बलरा नगरपालिकास्थित लक्ष्मीपुर नाकाको हो । 

गोलु खेतको बाटो भएर भारतबाट समान किनेर फर्किदै गर्नुभएको थियो । एसएसबीले भने गोलु मोटरसाइकल दुर्घटनामा परेर घाइते भएको दाबी गरेको छ । 

सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईले स्थानीय बासिन्दा र एसएसबीको कुरा बाँझिएको बताउनुुभयो । एसएसबीले गोलुुलाई खानतलासी लिन खोज्दा उहाँ भागेको र लखेट्नेक्रममा तीव्र गतिमा मोटरसाइकल दौडाउँदा दुर्घटनामा परेको भनी आफूहरुलाई जानकारी गराएको डीएसपी राईले बताउनुुभएको छ । 

घाइते युवकलाई वीरगन्ज हुँदै काठमाडौंतर्फ लगेपछि प्रहरीलाई घटनाबारे जानकारी भएको र प्रारम्भिक अनुसन्धानमा घटनालाई दुर्घटनाकै रुपमा लिएको डीएसपी राईको भनाइ छ । स्थानीयले भने अनुसार सीमाक्षेत्रमा एसएसबीको ज्यादती बढेको विषयमा सीमापारीका भारतीय सुरक्षा अधिकारीसँग छलफल गरिने सर्लाहीका सुरक्षा अधिकारीले बताएका छन्।