• १० फागुन २०८१, शनिबार

गुल्मीमा नयाँभन्दा प्रतिलिपि नागरिकता बनाउने दोब्बर

blog

जिल्ला प्रशासन कार्यालय । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, फागुन १०गते ।
गुल्मीमा नयाँभन्दा प्रतिलिपि नागरिकता बनाउने दोब्बर रहेका छन् । प्रशासनको अभिलेख अनुसार गत आइतबारदेखि शुक्रबारसम्म ८९ जनाले नयाँ नागरिकता बनाउँदा १७९ जनाले प्रतिलिपि बनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार एक हप्ताको अवधिमा ८९ जनाले नयाँ नागरिकता बनाउँदा १७९ जनाले प्रतिलिपि बनाएको बताउनुभयो ।

नागरिकहरूले नागरिकतालाई माया नगर्ने, जथाभावी फयाक्ने र सानातिना गल्तीहरू भएका कारण पनि प्रतिलिपि बनाउने बढेको उहाँको भनाइ छ । यस्तै पछिल्लो समयमा राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य रूपमा नागरिकता आवश्यक पर्ने हुँदा टोलीमा नागरिकता बनाएकाहरूकोमा श्रीमान् श्रीमती र बाबु आमाको नाम नमिल्ने गरेका कारण पनि अर्को रहेको गैरेले बताउनुभयो । 

एक हप्ताको अवधिमा नयाँ नागरिकता ८९, प्रतिलिपि १७९,  वैवाहिक अङ्गिकृत नागरिकता दुई, नावालक परिचयपत्र १८, राहदानीको आवेदन सङ्कलन २०९, राहदानी वितरण १२५, राष्ट्रिय परिचयपत्रका लागि आवेदन ६०५, परिचयपत्र वितरण ४६२, संस्था दर्ता तथा नवीकरण तीन र १३२ दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको गैरेले बताउनुभयो ।

सोही अवधिमा राहदानीबाट दस लाख ९० हजार रुपियाँ र संस्था नवीकरणबाट तीन हजार ७५० गरी कुल १० लाख ९३ हजार ७५० रुपियाँ राजस्व सङ्कलन भएको गैरेले जानकारी दिनुभयो । 

न्यून जनशक्तिकाबिच पनि सेवाग्राहीहरूलाई मध्यनजर गर्दै सेवा प्रवाह गरिएको उहाँले बताउनुभयो ।