गत वर्षको एसइई परीक्षामा सामाजिक विषयमा विद्यार्थीले राम्रो उपलब्धि हासिल गर्न सकेनन् ।
महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि एकसाथ तीन चलचित्र ‘लाज शरणम्’, ‘फेरि रेसम फिलिली’ र ‘मायावी’ प्रदर्शनमा आएका छन् ।
‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ उखान विदेशको धन र आफ्नो विपन्नता तुलना गर्दा अझै प्रयोग हुन्छ । समय क्रममा अहिले नेपाली युरोप, अमेरिका, अफ्रिकादेखि खाडी मुलुकसम्म नेपाली काम र अवसर खोज्दै छन् ।
थाइल्यान्डको बैङ्ककस्थित नेपाली दूतावासले म्यान्मार पुगेर अलपत्र परेका दुई नेपाली युवाको उद्धार गरी स्वदेश फिर्ता पठाएको छ । अ
गुल्मीमा यस वर्ष २४ करोड रुपियाँभन्दा बढीको सुन्तला उत्पादन भएको छ । जिल्लामा यस वर्ष २४ करोड ५० लाख रुपियाँ बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको हो ।
नेपाल विद्युत् प्राधिकरणले नेपाल–भारतबिचको विद्युत् आदानप्रदान सम्झौता अन्तर्गतको विद्युत् आदानप्रदान समितिले गरेको महसुल निर्धारण विधिसम्मत रहेको स्पष्ट पारेको छ ।
मकवानपुर र सिन्धुलीका किसानका लागि बागमती नदी किनार हिउँदमा वरदानसाबित भएको छ । यहाँका स्थानीयवासीले बगर किनार र नदीभित्रै मकै खेती गरेका छन् ।
बाँकेको खजुरा गाउँपालिका–७ स्थित बर्गदही गाउँनजिकै नेपाल सरकारको नाममा रहेको ऐलानी पर्ती जग्गाको माटो जथाभाबी निकालेर बिक्री भइरहेको छ । माटो निकालेर गहिरो खाल्डो बनेपछि स्थानीय बासिन्दाले संलग्नलाई कारबाही गरी तत्काल माटो निकाल्ने कार्य रोकिदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेको ध्यानाकर्षण गराएका छन् ।
सुर्तीजन्य पदार्थको विज्ञापन तथा प्रवर्धन गर्न कानुनले बन्देज लगाए पनि प्रत्येक वर्ष हुने नेपाल साहित्य महोत्सवमा भने सुर्तीजन्य कम्पनीले प्रायोजन गर्ने गरेको पाइएको छ ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको द्वैध चरित्रका कारणले माओवादीले जनादेश गुमाउन पुगेको बताउनुभएको छ ।
पोखरा महानगरपालिका वडा २२ मा रहेको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीकोटमा शिवरात्रीको अवसरमा भक्तजनको भीड लागेको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा फागुन १६ गतेदेखि १८ गते सम्म हुने तीन दिवसीय जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा भएको छ ।
स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शनिल नेपालले स्पेनका राजा फिलिप छैटौँसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ। मङ्गलबार म्याड्रिडस्थित राजदरबारमा आयोजित विशेष समारोहकाबीच राजदूत नेपालले राजा फिलिपसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो।
महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले पशुपतिनाथ मन्दिरमा पूजाआराधना एवं दर्शन गर्नुभएको छ। महाशिवरात्रिका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरमा पूजाआराधना एवं दर्शन गर्ने प्राचीनकालदेखिको परम्परा रही आएको छ।
सीमान्तकृत चेपाङ जातिको भाषा, परम्परा र संस्कृति नासिँदै गएको भन्दै चेपाङ अगुवाहरुले चिन्ता ब्यक्त गरेका छन् ।