भाइबहिनीहरू, भगवान् गौतम बुद्धका बारेमा हामी सबैलाई थाहा छ ।
नयाँ ठाउँ घुम्ने रुचि कसको हुँदैन र ? कालिका हिमालय माविका विभिन्न कक्षाका साथीहरूको अध्ययन भ्रमणमा जाने योजना बन्यो । कुनै समूह नुवाकोटको किस्पाङ, कुनै समूह लुम्बिनी र कोही छिमेकी देश भारतको दार्जिलिङसम्म जाने भए ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
मेरो विद्यालय काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१३ मा पर्छ ।
हरिकृष्ण ऐडीमुगु, फागुन १५ गते । रारा तालको छेउमा रहेको डाँफे होटेलमा बुधवार राति आगलागी भएको छ । काठै काठको संरचनाले बनेको चार वटा भवनमा अन्दाजी राति १२ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ।जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी उपनिर्देशक सरोज गौतमका अनुसार आगो नियन्त्रणका लागि रारा राष्ट्रिय निकुञ्ज सुरक्षाका लागि खटिएका नेपाली सेना,निकुञ्ज रक्षक, कर्मचारी ,नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको थियो ।उहाँले भन्नुभयो जिल्ला प्रहरी कार्यालय लाई राति १२ बजेतिर नेपाली सेनाले राराको होटेलमा आगलागी भएको जानकारी गराएपछि जिल्ला सदरमुकाम गमगढिबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वमा १५ जना प्रहरी टोली रारामा आगो नियन्त्रणका लागि रारामा खटाइएको छ। प्रहरी उपनिरीक्षक गौतमका अनुसार जानकारी भएअनुसार होटेलको भान्साबाट आगलागी सुरु भएको थियो । भान्सामा रहेका खाना पकाउने ग्यास पड्कँदा अन्य तीन वटा भवनमा समेत आगो सल्केको र चार वटा काठका भवन पूर्ण रुपमा खरानी भएका छन् ।रारा घुम्न आएका १०० जना बढी पाहुनालाई होटेलबाट उद्धार गरी प्रहरी,सेना र सशस्त्र प्रहरीले नजिकै रहेका माझ घट्टका होटेल, नेपाली सेनाको ब्यारेक र निकुञ्ज कार्यालयमा सारिएको छ।४ वटा भवन,त्यहाँ रहेका लजिङ्गका सामान, होटेलका सामानहरू पूर्ण रूपमा जलेर खरानी भएकाले करोडौँ बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ । प्रहरी अहिले पनि घटनास्थलमै रहेकाले स्थलगत मुचुल्कापछि यकिन क्षतिको विवरण सार्वजनिक गरिनेछ ।
बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक स्तरोन्नति आयोजनाको काम निर्धारित मितिमै सम्पन्न गर्न दबाब दिने उद्देश्यले जनस्तरमा नागरिक निगरानी समूह गठन भएको छ ।
पाँचथरको हिलिहाङ गाउँपालिका २ मा भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दुर्घटनामा परेका २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
निर्माण कम्पनीको ढिलासुस्तीका कारण बबई नदीमा पुल निर्माणमा ढिलाइ भएको छ । नेत्रलाल मार्ग अन्तर्गत दाङको घोराही उपमहानगरपालिका–५, खैरागनार र वडा नं. ६ को लखुवार जोड्ने बबई नदी पुल निर्माणमा ढिलाइ भएको हो ।
महाशिवरात्रि पर्वका अवसरमा भगवान् शिवको प्रसादका रूपमा भाङ, धतुरो, गाँजालगायत अन्य नसालु पदार्थ सेवन गर्नु पर्छ भनेर शास्त्रमा कतै उल्लेख नभएकाले विकृतिरहित शिवरात्रि पर्व मनाउनुपर्नेमा म्याग्दीमा बुधबार आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
रघुगङ्गा गाउँपालिकामा निर्माण हुने बृहत् चिमखोला–राँखु–भगवती–पिप्ले खानेपानी आयोजना कार्यान्वयन हुने भएको छ । सङ्घीय सरकारले बजेटको स्रोत सुनिश्चित गरेसँगै आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो ।
मुग्लिङ–मलेखु सडकखण्डको छ लेन क्षेत्रमा कालोपत्रे गर्न सुरु भएको छ । सडक विस्तारक्रममा रहेको मलेखु, बेनीघाट, मुग्लिङ क्षेत्रमा कालोपत्रे गर्न थालिएको हो । फराकिलो बनाएर तयारी अव
कालीगण्डकी कोरिडोरको गैँडाकोट नगरपालिका र बुलिङटार गाउँपालिका जोड्ने तरङ्गाखोलामा पक्की पुल निर्माणको ठेक्का पाएको ठेकेदारले चार वर्षपछि खोलामा पुल निर्माण गर्ने भएको छ । पुल निर्माण हुने भएपछि स्थानीय खुसी भएका छन् ।
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ का तीन बस्ती ठुलीभेरी नदीको कटानका कारण पहिरोको उच्च जोखिममा रहेका छन् भने खेतीयोग्य जमिन बगाएर बगर बनेको छ ।
करिब एक वर्षअघिसम्म वीरेन्द्रनगर नगरपालिका–११, झुप्रा बस्तीमा दिनहुँ जसो परिवारमा घरझगडा हुने गर्दथ्यो । श्रीमान्श्रीमतीको झगडाले गर्दा साना बालबच्चाको बिजोग हुने गर्दथ्यो ।