विश्व शान्तिको कामना गर्दै लमजुङमा खुला म्याराथन प्रतियोगिता हुने भएको छ । लमजुङ जेसीस–२०२५ ले चैत २३ गते चैते दशैंका दिन खुला म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको हो ।
उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ ।
वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रु ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।
बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वर शिवालय मन्दिरमा शिवरात्रीका दिन दर्शन तथा पूजा अर्चना गर्न आएका दर्शनार्थीहरुले चार लाख रुपियाँ भन्दा बढी भेटी रकम चढाएका छन् ।
जिल्लाका कृषकहरु हिउँदे वर्षा नहुँदा निराश भएका छन् । बर्खायाममा समेत वर्षा नहुँदा बाली उत्पादनमा घाटा व्यहोरेका बैतडीका कृषकहरु हिउँदे वर्षा नहुँदा झन निराश भएका छन् ।
जिल्लाको माथागढी गाउँपालिका बहादुरपुरकी यमिश्वर जर्घाको १५ वर्ष हुँदा प्रेम विवाह भयो । अहिले उहाँ २४ वर्षकी हुनुभयो । उहाँको काखमा एक वर्षको छोरा छन् । विद्यालयमा कापी कलम लिएर पढ्न जाने समयमा जर्घा बच्चा स्याहार्दै घर व्यवहार चलाउँदै आउनुभएको छ ।
नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनामा फाउण्डेशन तयार भएकामध्य ३५ वटा टावर निर्माण सम्पन्न भएका छन् । बाँकी १५ वटा टावर निर्माणको अन्तिम चरण रहेका छन् ।
गोरखाको हरमटारी खेलकुद मैदानमा जारी गोरखाको सर्वाधिक पुरस्कार राशीको दि अन्नपूर्ण स्कुल नवौं गोर्खाली रनिङ कपको उपाधि आयोजक हरमटारी क्लबले जितेको छ ।
मगर समुदायको बाहुल्य रहेको जिल्लामा आज ४३ औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम आयोजना गरी मनाईँदैछ । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका सङ्घ–संस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेका हुन् ।
सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द गरेको छ ।
स्याङ्जा, फागुन १५ गते । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको केन्द्र वडा नं १ स्थित अर्जुनचौपारी बजार । तस्बिरः रासस
तनहुँ, फागुन १५ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित शुक्ला हिलेटार शिवालयमा रहेको शिवको मूर्ति । तस्बिरः रासस
सप्तरी, फागुन १५ गते । सप्तरीको शम्भुनाथ नगरपालिका १० रामपुर जमुवामा द फ्रिडम फण्डुको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले हरवाचरवा परिवारका बालबालिकाहरुलाई लक्षित गरी सञ्चालन गरेको निःशुल्क बाल ट्युशन कक्षामा अध्ययन गर्दै हरवाचरवा दलित बालबालिकाहरु । तस्बिरः रासस
मुस्ताङ, फागुन १५ गते । मुस्ताङ जिल्ला वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत रहेको चर्चित पर्यटकीय स्थल सेल्फी पार्कमा रहेको विशाल शालिग्राम । मुक्तिनाथ दर्शन गर्न जाँदा कागबेनी गाउँ नजिकैको सडक छेवैमा रहेको यो शालिग्राम पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिरः रासस
अनिल पराजुलीहेटौँडा, फागुन १५ गते । हेटौँडामा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–६ मा मोटरसाइकलको ठक्करबाट हेटौँडा–६ रामनगर बस्ने ६१ वर्षीय कमलबहादुर बोहोराको मृत्यु भएको हो ।हेटौँडा उपमहानगरपालिका–६ सल्लाघारी नजिकै भित्री सडक खण्डमा रामनगरतर्फबाट हात्तिलेटतर्फ आउँदै गरेको ना ५४ प १८७६ नम्बरको मोटरसाइकलको ठक्करबाट उहाँको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते हुनुभएका उहाँको उपचारका क्रममा चितवन मेडिकल कलेजमा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । ठक्कर दिने चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।