रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ का तीन बस्ती ठुलीभेरी नदीको कटानका कारण पहिरोको उच्च जोखिममा रहेका छन् भने खेतीयोग्य जमिन बगाएर बगर बनेको छ ।
करिब एक वर्षअघिसम्म वीरेन्द्रनगर नगरपालिका–११, झुप्रा बस्तीमा दिनहुँ जसो परिवारमा घरझगडा हुने गर्दथ्यो । श्रीमान्श्रीमतीको झगडाले गर्दा साना बालबच्चाको बिजोग हुने गर्दथ्यो ।
यहाँस्थित रारा तालको किनारमा अवस्थित एक होटेलमा गए राति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पु¥याएको जनाइएको छ ।
पछिल्लो सयम पुख्र्यौली थातथलो खोज्दै दैलेखमा आउने बढ्दै गएका छन् । दैलेख जिल्ला ३२ जातजातिको उद्गम थलो हो । किंवदन्ती अनुसार पुर्खाले छाडेर गएको थातथलो खोज्दै दैलेख आउने क्रम बढ्दै गएको छ ।
जिल्ला अस्पताल बैतडीमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डाक्टर हाजिर हुनुभएको छ । स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. रामकुमार यादव र मेडिकल अधिकृत डा. निश्चल ज्ञवाली मङ्गलबार बैतडी अस्पताल आउनुभएको हो ।
कैलालीको स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा प्रकाश बुढाथोकीलाई ध्यानाकर्षण गराइएको छ ।
विश्वमा डाइनोसरपछि तीव्र गतिमा लोप हुने क्रममा रहेको गिद्धको अवस्था नेपालमा थोरै सुधारोन्मुख देखिएको छ ।
कैलालीमा कम उमेरमै सुत्केरी हुने धेरै रहेको देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले चालु आर्थिक वर्षको माघ मसान्तसम्म ८८१ जना २० वर्षमुनिका सुत्केरी भएको तथ्याङ्क सार्वजनिक गरेको हो ।
ढोरपाटन उपत्यका नजिकै पर्छ रुद्रताल । बुर्तिबाङ–ढोरपाटन सडक छेउमै पर्ने यस तालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । धार्मिक महत्वसँग जोडिएको ताल पर्यटकको रोजाइमा पर्न थालेपछि ढोरपाटन नगरपालिकाले समेत संरक्षण गर्न थालेको छ ।
तनहुँको भिमाद नगरपालिका–३ स्थित बुढुवाखोलामा शिवरात्रि पर्वमा स्थानीयवासीले सामूहिक रूपमा भेला भएर माछा मार्ने प्रचलनलाई निरन्तरता दिएका छन् । यहाँ वर्षौंदेखि स्थानीयवासीले महाशिवरात्रि पर्वमा सामूहिक रूपमा माछा मार्दै आएका छन् ।
महाशिवरात्रिको रात्रिमा पशुपतिनाथ मन्दिरमा चार प्रहरको पूजा चलिरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८४ पैसा कायम भएको छ ।
महाशिवरात्रि पर्वका अवसरमा बुधबार केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा एकैदिन ६० हजार दर्शनार्थीले पूजा एवं अवलोकन गरेका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरा स्थायी ठेगाना भई हाल बलेफी गाउँपालिका–८ टोप्कामा बस्दै आएकी १२ बर्षीया आशिका तामाङ पहिचान नभएको छाला रोगबाट साँढे २ वर्षदेखि थलिएकी छिन् ।