नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यको तुलनामा कम धान खरिद गरेको छ ।
नेपालगन्जमा रहेको यातायात व्यवस्था कार्यालयको भवन व्यवस्थापन प्रक्रिया रोकिँदा पुनः भाडा तिरेर कार्यालय सञ्चालन गर्न परेको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) मधेश प्रदेशले चार जना पत्रकारलाई सम्मानित गर्ने भएको छ । फोनिज मधेश प्रदेशले स्थापना गरेको क्रिएटिभ क्रियाशील पत्रकारिता पुरस्कार र देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कारबाट चार जना पत्रकार पुरस्कृत हुनु हुनेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना पदभार ग्रहण गरेपछि आफ्नो कार्यसूचीलाई अघि बढाउने प्रयासस्वरुप बुधबार पहिलो पटक मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । अर्बपति समर्थक तथा सल्लाहकार एलन मस्क बैठकमा उपस्थित हुने सरकारी अधिकारीमध्ये मध्ये एक हुनुहुनेछ ।
ब्राजिलकी पूर्व राष्ट्रपति डिल्मा रुसेफलाई कानमा समस्या देखिएपछि साङ्घाईस्थित एक अस्पतालमा भर्ना गरिएको छ । ब्रिक्ससमूहले विकासोन्मुख अर्थतन्त्रका लागि स्थापना गरेको बैङ्कको नेतृत्व गरिरहेकी ७७ वर्षीया अर्थशास्त्री रूसेफको उपचारपछि समस्यामा सुधार भइरहेको केही दिनभित्रै डिस्चार्ज गरिने उहाँको उपचारमा संलग्न चिकित्सकको टोलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभामा प्रमुख सचेतक कृष्णबहादुर रोकायले संविधान कार्यान्वयनका सन्दर्भमा उपयोग र प्रयोग गर्न नसकिएका प्रावधानको अब गम्भीर समीक्षा गर्न जरुरी रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) का केन्द्रीय सचिव लेखराज भट्टले नेकपा (एमाले) र सरकार सही बाटोमा गइरहे पनि विरुद्धमा अनेक भ्रम भइरहेकाले त्यसलाई चिर्न पार्टी पङ्ति लाग्न आवश्यक रहेको बताउनुभएको छ ।
शिवरात्रिको अवसरमा सप्तरीको शम्भुनाथ नगरपालिकास्थित रहेको शम्भुनाथ मन्दिरमा १ लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् ।
महाशिवरात्रिको दिन बुधबार आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–९, स्थित वन कार्यालयनजिक बुधबार टिप्परले हाइसलाई ठक्कर दिँदा दुुई जना घाइते भएका छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले मोरङको बेलबारीमा दोस्रो प्रादेशिक ललितकला प्रदर्शनीको आयोजना गर्ने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ‘गोल्ड कार्ड’ आवासीय अनुमति ५० लाख अमेरिकी डलरमा बिक्री गर्ने योजना सार्वजनिक गर्नुभएको छ ।
दुई भारतीय खेलाडी टिस्टा तोर्सा टेबलटेनिस क्लबका श्रोवन पाउल र दार्जिलिङ टेबलटेनिस एसोसिएसनकी प्राची घोषले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जित्नुभएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्पेनका विदेशमन्त्री जोसे म्यानुअल अलबारेस् बुएनोबिच जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका उहाँहरुबिच बुधबार साइडलाइन भेटवार्ता भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबिच बुधबार भेटघाट भएको छ ।