मौसम परिवर्तनसँगै पछिल्लो समय विभिन्न विद्यालय तथा गाउँबस्तीमा मौसमी भाइरल ज्वरो, रुघाखोकी जस्ता रोगहरूको समस्या देखिन थालेपछि सोलुदूधकुण्ड नगरपालिकाले स्थानीय स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा राख्न महामारीजन्य तथा प्रकोपजन्य रोगहरुको बारेमा एक दिने अभिमुखीकरण गरेको छ ।
कालीगण्डकी गाउँपालिकाले पालिका भित्रका वास्तविक किसानको पहिचान गर्न वडा वडामा गणकहरू खटाएको छ । पालिकाभित्र रहेका नागरिकहरु कति सङ्ख्यामा कृषि पेशामा आवद्ध छन् भन्ने वास्तविक तथ्याङ्क लिनका लागि प्रत्येक वडामा गणकहरु खटाइएको प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिनुभयो ।
नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले फागुन १८ गते सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो ।
पाल्पाका १० वटै स्थानीय तहले राष्ट्रिय मगर एकता दिवसको बिहीबार सार्वजनिक बिदा दिएको छ ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा प्रथमा भएको छ । यस जिल्लाका दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तहमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा रुरुक्षेत्र गाउँपालिकाले ९७.२५ प्रतिशत अङ्क ल्याएर प्रथम भएको सार्वजनिक नतिजामा उल्लेख गरिएको हो ।
रुकुमपश्चिमको चौरजहारी नगरपालिका १, बसपार्क नजिकै गुडिरहेको एक मोटरसाइकलमा एक्कासि आगो लागेको छ।
इजरायलले गत हप्ता चार जना इजरायली बन्धकको शवको बदलामा रिहा गर्ने भनिएका ६०० कैदीबन्दीको रिहा गर्न सहमत भएको इजिप्टको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सुनसरीको इनरुवा नगरपालिकाका १८ हजार पशुमा खोरेत रोग विरुद्धको खोप लगाउने काम जारी छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित पर्यटकीय स्थल खोप्रालेक हिजोआज भने मनमोहक देखिन थालेको छ । लामो समयको खडेरी र हिमपात नभएका कारण खोप्रालेक उजाड थियो भने हिजोआज हिमपात हुन थालेपछि यहाँ खोप्रालेकको दृश्य मनोमहक देखिन थालेको छ ।
महाशिवरात्रि पर्वका अवसरमा दाङको पवित्र ऐतिहासिक एवं धार्मिकस्थल पाण्डवेश्वर धाम धारपानीमा पूजाआराधनासँगै मेला लागेको छ ।
महाशिवरात्रि पर्वको अवसरमा आज केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका लागि चारै ढोका खुला गरी पूजा र दर्शनको व्यवस्था गरिएको छ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भेटवार्ता गर्नुभएको छ ।
अर्घाखाँचीमा ९५ प्रतिशत किशोरीले (वमेन प्यापिलोमा भाइरस) एचपिभी विरुद्धको खोप लगाएका छन् ।
गएराति इलामको जस्वीरेमा रहेको जस्वीरे चिया प्रशोधन कारखानामा भएको आगलागीमा परी घाइते भएका सञ्चालक शरद सुुब्बालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका २ स्थित पश्चिम नेपालकै प्रसिद्ध धार्मिकस्थल बागेश्वरी मन्दिरमा बुधबार बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ।