गएराति इलामको जस्वीरेमा रहेको जस्वीरे चिया प्रशोधन कारखानामा भएको आगलागीमा परी घाइते भएका सञ्चालक शरद सुुब्बालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका २ स्थित पश्चिम नेपालकै प्रसिद्ध धार्मिकस्थल बागेश्वरी मन्दिरमा बुधबार बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ।
कञ्चनपुरमा संरक्षित क्षेत्रबाहिर विभिन्न प्रजातिका एक हजार ८६३ जलपन्छीको अभिलेख भएको छ । यसवर्ष हिउँदमा गणना गर्दा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाहिर रहेका सिमसार क्षेत्रमा सो संख्यामा जलपन्छी भेटिएका हुन् । गत जनवरीमा जलपन्छीको गणना गरिएको थियो ।
महाशिवरात्रिको अवसरमा सिन्धुपाल्चोकका शिवालयमा भिड लागेको छ । जिल्लाका विभिन्न स्थानमा रहेको महादेव मन्दिरमा बिहानैबाट भक्तजनको भीड लागेको हो ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर १४ चाखलडाँडास्थित रुद्रबहादुर बिष्टको घरमा आगलागी भएको छ । बुधबार बिहान भएको आगलागीबाट बिष्टको ६ कोठे (ढुङगा र माटोले बनेको, टिनले छाएको) दुई तले घर ध्वस्त भएको छ । आगलागीले पशुचौपाया मरेका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकका हकअधिकारलाई संस्थागत गर्दै सुनिश्चत गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रक्रिया नै पूरा नगरी रौतहटको विभिन्न स्थानमा खुलेका औषधी पसल बन्द गरिएको छ । औषधी व्यवस्था विभाग शाखा कार्यालय पर्सा वीरगन्जबाट खटेको टोलीले अनुगमन गर्ने क्रममा दर्ता प्रक्रिया पूरा नगरी खुलेका रौतहटको पाँच वटा औषधी पसलमा ताला लगाइएको हो ।
गएराति इलामको जस्वीरेमा रहेको जस्वीरे चिया प्रशोधन कारखानामा आगलागी हुँदा आठ करोड रुपियाँ बढीको क्षति भएको छ ।
नेपाली चलचित्र ‘फेरि रेशम फिलिली’ बुधबारदेखि प्रदर्शनमा आएको छ । सिनेमा आर्टसको ब्यानरमा बनेको चलचित्रको ‘फेरि रेशम फिलिली’ महाशिवरात्रिको अवसर पारेर देशभर प्रदर्शनमा आएको छ ।
अन्नपूर्ण–४ नारच्याङमा आयोजित तरुण कप भलिबल प्रतियोगितामा जाँदै गरेकी अन्नपूर्ण–४ घरापकी सुनदेवी गौचनको घटनास्थलमै मृत्यु भएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीका प्रहरी सहायक निरिक्षक रमेशप्रसद अधिकारीले जानकारि दिनुभयाे ।
दक्षिण कोरियाको जन्मदर एक दशकपछि गत वर्ष पहिलो पटक बढेको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ । दक्षिण कोरिया विश्वको सबैभन्दा धेरै औसत आयु र सबैभन्दा कम जन्म दरमध्ये भएको देशमध्ये एक हो ।
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरमा कृषि सामग्री वितरण गरिएको छ ।
महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।
पाँचथर गोल्डकपको ‘एन्थम’ सार्वजनिक गरेको छ । फिदिम नगरपालिकामा एक कार्यक्रम आयोजना गर्दै आयोजक पाँचथर क्लवले एन्थम सार्वजनिक गरेको हो ।
पानी खुवाउने क्रममा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका –१७ जमेराका ७१ बर्षिय गहचा चौधरीको मृत्यु भएको हो ।