काठमाडौँ, फागुन १४ गते । नेपाली चलचित्र ‘फेरि रेशम फिलिली’ बुधबारदेखि प्रदर्शनमा आएको छ । सिनेमा आर्टसको ब्यानरमा बनेको चलचित्रको ‘फेरि रेशम फिलिली’ महाशिवरात्रिको अवसर पारेर देशभर प्रदर्शनमा आएको छ ।
चलचित्रको मङ्गलबार साँझ ‘ग्रान्ड प्रिमियर’ समेत गरिएको छ । ललितपुरमा सम्पन्न प्रिमियर चलचित्रका कलाकारदेखि तथा अन्य थुप्रै कलाककर्मीहरूको सहभागिता रहेको थियो ।
चलचित्रले प्रिमियर शोमा निकै सकारात्मक प्रतिक्रिया पाएको छ । शोपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अभिनेता तथा निर्देशक अशोक शर्माले चलचित्र एकदमै रमाइलो रहेकोले दर्शक एकछिन पनि बोर नहुने प्रतिक्रिया दिनुभयो ।
उहाँले नेपाली युवाहरूमा विदेश जाने हुटहुटी रहेको बेलामा चलचित्र ‘फेरि रेशम फिलिली’ले राम्रो सन्देश दिएको बताउनुभयो । उहाँले चलचित्र हेरिदिनका लागि समेत सबै दर्शकहरूलाई आग्रह गर्नुभयो ।
अभिनेत्री ऋचा शर्माले शर्माले चलचित्रका कलाकारहरूको अभिनयको प्रशंसा गर्नुभयो । उहाँले चलचित्र समग्रमा राम्रो बनेकाले कोही दर्शन पनि बोर नहुने प्रतिक्रिया दिनुभयो ।
चलचित्रलाई निरज महर्जनले निर्देशन गर्नुभएको हो । फिल्ममा विनय, सुपुष्पा, कामेश्वर, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ । यो फिल्ममा ‘रेशम फिलिली’ का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ ।