थाइल्याण्डको बैङ्ककमा बुधबार एउटा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । राजधानी बैङ्ककको पूर्वमा रहेको प्राचिन बुरी प्रान्तमा स्थानीय सरकारी अधिकारीहरूलाई लिएर फिल्ड ट्रिपमा गएका तीनवटा डबल डेकर बसमध्ये दुर्घटना भएको बस एउटा थियो ।
मोरङको कानेपोखरी गाउँपालिकाले बिहीबारदेखि प्रमुख प्रशासनिक सेवा वडा ५ को वडा कार्यलय भौंसावारीबाट दिने भएको छ ।
उर्लाबारी उद्योग वाणिज्य संघले फागुन १५ गतेदेखि उर्लाबारी कृषि औद्योगिक तथा पर्यटन महोत्सव २०८१ को आयोजना गर्ने भएको छ ।
अभिनेता एवम् निर्देशक अशोक शर्माको चलचित्र ‘डबल ट्रिपल’ आगामी दशैँको फूलपातीको दिन रिलिज हुने भएको छ ।
महाशिवरात्रि पर्वको अवसरमा लमजुङको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित प्रसिद्ध धार्मिक स्थल इशानेश्वर महादेव मन्दिरमा बुधबार बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ ।
प्रकृतिको कुचिकार मानिने गिद्ध संरक्षण गर्नुपर्ने विषयमा सरोकारवालाहरुले जोड दिएका छन् । विश्वबाट गिद्ध तीव्र गतिमा लोप हुने क्रममा रहेकाले नेपालमा पाइने गिद्ध संरक्षणमा सरोकारवालाले जोड दिएका हुन् ।
स्याङ्जामा गएराति पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।
बेनी नगरपालिका ९ स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा दर्शनार्थीको भीड लागेको छ । महाशिवरात्रि पर्वका अवसरमा बुधबार बिहानदेखि नै गलेश्वर शिवालय मन्दिरको दर्शन र पूजाआजा गर्न आएका भक्तजनहरुको भीड लागेको हो ।
खोटाङमा एक महिला र एक पुरुष मृत भेटिएका छन् । वराहपोखरी गाउँपालिका–१ वराहपोखरीस्थित डाँडाखर्कमा महिला र पुरुष मृत भेटिएका हुन् । गाउँ नजिकै दारेगौडा जङ्गलमा दुवै जना मृत अवस्थामा भेटिएको बराहपोखरीका वडाध्यक्ष ढकबहादुर कार्कीले बताउनुभयो ।
महाशिवरात्रि पर्वको अवसरमा आज केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका लागि चारै ढोका खुला गरी पूजा र दर्शनको व्यवस्था गरिएको छ ।
कैलालीको घोडाघोडी मन्दिरमा महाशिवरात्रि पर्वका अवसरमा यहाँ दर्शन गर्न आउने भक्तजनको बिहानैदेखि भिड लागेको छ ।
कर्णाली प्रदेश सरकारले ‘मुख्यमन्त्री डिजिटल शिक्षा’ र ‘नमुना विद्यालय कार्यक्रम’का लागि स्थानीय तहमा बजेट पठाउने निर्णय गरेको छ ।
पछिल्लो पुस्तामा परम्परागत सीप हस्तान्तरण गर्न देवचुली नगरपालिकाले ढकिया बुन्ने तालिम सञ्चालन गरेको छ । देवचुली –१ र १७ मा होमस्टे सञ्चालन गरेका महिलालाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल भवन निर्माण भएको वर्षदिन भइसक्यो । करोडौँ लागतमा बनेको उक्त अस्पताल भवन कहिले सञ्चालन आउने हो कुनै टुङ्गो छैन ।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ७ स्थित बर्गदही गाउँ नजिकै नेपाल सरकारको नाममा रहेको ऐलानी प्रति जग्गाको माटो जथाभावी निकालेर बिक्री वितरण भइरहेको छ ।