• १४ फागुन २०८१, बुधबार

गुडिरहेको मोटरसाइकलमा आगलागी

blog

आगो लागेको मोटरसाइकल। तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, फागुन १४ गते। रुकुमपश्चिमको चौरजहारी नगरपालिका १, बसपार्क नजिकै गुडिरहेको एक मोटरसाइकलमा एक्कासि आगो लागेको छ। 

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार बुधबार बिहान नगरपालिका १०, निवासी विजय देवकोटाले चलाएको रा ५ प ५१८५ नम्बरको मोटरसाइकलमा एक्कासी आगो लागेको हो। नजिकै रहेको पेट्रोल पम्पबाट पेट्रोल हालेर फर्कने क्रममा मोटरसाइकलमा आगो लागेको हो। पेट्रोल लिक भएर प्लकको झिल्कोको कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। 

प्रहरी निरीक्षक ऋषि पाठकले चालक देवकोटा र पछाडि सवार रहेका प्रदीप ढकाललाई भने केहि पनि नभएको जानकारी दिनुभयो। आफैले चलाएको मोटरसाइकलमा आगो दन्किएपछि मोटरसाइकल छोडेर ज्यान जोगाउन सफल भएको देवकोटाले जनाउनुभयो। चालक देवकोटाले भाग्यले बाँच्न सफल भएको र साथमा मोटरसाइकलमा सवार प्रदीप ढकाललाई पनि केही नभएको जानकारी दिनुभयो। मोटरसाइकल भने जलेर नष्ट भएको छ। 

पेट्रोल पम्पबाट करिब २० मिटर यता आएको बेला एक्कासि आगो दन्किएपछि मोटरसाइकल छोडेर भागेको अधिकारीले जानकारी दिनुभएको छ। मोटरसाइकलका धनी भने चौरजहारी नगरपालिका वडा नम्बर ६ निवासी दिनेश बोहरा रहेको बुझिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।