मेलम्ची खानेपानी विकास समितिले महाशिवरात्रिमा मेलम्चीको करिब १५ करोड लिटर पानी बागमती नदीमा वितरण गर्ने बताएको छ।
एउटा विद्यालयको वार्षिक खेल दिवसमा ५० भन्दा बढी खेलकुद विधामा हजार भन्दा बढी विद्यार्थिले प्रतिष्पर्धा गरेको सुन्दा आश्चर्य लाग्न सक्छ ।
सुडानको खार्तुमको बाहिरी इलाकामा रहेको एक आवासीय क्षेत्रमा एउटा सैन्य यातायातको विमान मङ्गलबार दुर्घटना हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको खार्तुमको राज्य सञ्चालित समाचार संस्थाले बुधबार जनाएको छ । उक्त घटनामा कम्तीमा १० जना घाइते भएको जनाइएको छ ।
हेलिप्याड नहुँदा विपद्जन्य घट्नामा राहत र उद्धारका लागि कठिनाइ भोगिरहेको पाँचथरको फालेलुङ गाउँपालिकामा नाइट ल्याण्डिङ सुविधा सहितको हेलिप्याड निर्माण भएको छ।
गुल्मीको सदरमुकाम तम्घासमा पुल्चोक क्रिकेट लिगको चौथो संस्करण हुने भएको छ ।
केही वर्षअघिसम्म मोटो व्यक्तिलाई स्वस्थ एवम् खाइलाग्दो व्यक्तिको रूपमा हेरिन्थ्यो भने दुब्लो, पातलोलाई रोगीको रूपमा हेर्ने गरिन्थ्यो । तर विस्तारै यस्तो सामाजिक सोचमा परिवर्तन आएको छ ।
रुकुमपश्चिममा आयोजित विभिन्न पाँच विधाको ब्याडमिन्टन प्रतियोगिता सुरु गरिएको छ ।
सुनसरीमा पानीमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार रामधुनी नगरपालिका ६ सिशुवाका अजित सुनुवारको तीन वर्षीय छोरा सरिन सुनुवारको पानीमा डुबेर मृत्यु भएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले घोराही उपमहानगरपालिका–१३ मा रहेको विपश्यना ध्यान केन्द्रको अवलोकन गर्नुभएको छ।
राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१’ प्रतिनिधिसभामा पेस भएको छ । यो विधेयकमाथि प्रतिनिधिसभाका सांसदहरूको संशोधन राख्ने, विषयगत समितिमा छलफलका लागि लैजानेलगायत प्रक्रियाहरू बाँकी छन् ।
नेकपा (एमाले) को सचिव एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले वडा केन्द्रित अभियान प्रभावकारी बनाउन एमाले नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन विश्वविद्यालयका पदाधिकारीहरूले उपकुलपति खोज तथा सिफारिस समितिको ध्यानाकर्षण गराएका छन् ।
महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भिड लागेको छ ।
महाशिवरात्रिको अवसर पारेर बुधबार चारवटा चलचित्रको मुहूर्त तथा छायाङ्कन सुरु भएको छ । नेपाली सिनेजगत्मा महत्त्वपूर्ण चाडपर्वको अवसर पारी चलचित्र निर्माण सुरु गर्ने परम्परालाई निरन्तरता दिँदै महाशिवरात्रिका दिन छायाङ्कन सुरु गरिएको हो ।
मौसम परिवर्तनसँगै पछिल्लो समय विभिन्न विद्यालय तथा गाउँबस्तीमा मौसमी भाइरल ज्वरो, रुघाखोकी जस्ता रोगहरूको समस्या देखिन थालेपछि सोलुदूधकुण्ड नगरपालिकाले स्थानीय स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा राख्न महामारीजन्य तथा प्रकोपजन्य रोगहरुको बारेमा एक दिने अभिमुखीकरण गरेको छ ।