बाँकेको खजुरा गाउँपालिका–७ स्थित बर्गदही गाउँनजिकै नेपाल सरकारको नाममा रहेको ऐलानी पर्ती जग्गाको माटो जथाभाबी निकालेर बिक्री भइरहेको छ । माटो निकालेर गहिरो खाल्डो बनेपछि स्थानीय बासिन्दाले संलग्नलाई कारबाही गरी तत्काल माटो निकाल्ने कार्य रोकिदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेको ध्यानाकर्षण गराएका छन् ।
सुर्तीजन्य पदार्थको विज्ञापन तथा प्रवर्धन गर्न कानुनले बन्देज लगाए पनि प्रत्येक वर्ष हुने नेपाल साहित्य महोत्सवमा भने सुर्तीजन्य कम्पनीले प्रायोजन गर्ने गरेको पाइएको छ ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको द्वैध चरित्रका कारणले माओवादीले जनादेश गुमाउन पुगेको बताउनुभएको छ ।
पोखरा महानगरपालिका वडा २२ मा रहेको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीकोटमा शिवरात्रीको अवसरमा भक्तजनको भीड लागेको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा फागुन १६ गतेदेखि १८ गते सम्म हुने तीन दिवसीय जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा भएको छ ।
स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शनिल नेपालले स्पेनका राजा फिलिप छैटौँसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ। मङ्गलबार म्याड्रिडस्थित राजदरबारमा आयोजित विशेष समारोहकाबीच राजदूत नेपालले राजा फिलिपसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो।
महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले पशुपतिनाथ मन्दिरमा पूजाआराधना एवं दर्शन गर्नुभएको छ। महाशिवरात्रिका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरमा पूजाआराधना एवं दर्शन गर्ने प्राचीनकालदेखिको परम्परा रही आएको छ।
सीमान्तकृत चेपाङ जातिको भाषा, परम्परा र संस्कृति नासिँदै गएको भन्दै चेपाङ अगुवाहरुले चिन्ता ब्यक्त गरेका छन् ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीतिक दलभित्र योगदान कम र अवसरको खोजी बढ्दै गएको बताउनुभएको छ । नेकपा (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा बुधबार काठमाडौंमा भएको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
दशरथ रङ्गशालामा ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेल नेपाल र म्यानमारबिच सुरु भएकाे छ ।
ताप्लेजुङको सुकेटार विमानस्थलमा अढाइ महिनादेखि उडान ठप्प भएको छ । नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजमा समस्या आएका कारण सुकेटार विमानस्थलमा उडान ठप्प भएको हो ।
दुई मुलुकबिचको सम्बन्धमा सुधार भइरहेको सम्बन्धमा रुसका विदेशमन्त्री सर्गेई लाभरोभले रुसी र अमेरिकी कूटनीतिज्ञहरू बिहीबार इस्तानबुलमा आफ्ना दूतावासहरूसँग सम्बन्धित मुद्दाहरू समाधान गर्न भेट गर्ने बताउनुभएको छ ।
काठमाडौँ महानगरपालिका-१५ का ३३ विद्यालयका ६० विद्यार्थीहरु आज स्वयम्भूमा चित्र कोर्न भेला भए । उनीहरुलाई स्वयम्भू महोत्सव आयोजक समितिले ‘विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भू क्षेत्र’ शीर्षकमा प्रतियोगितात्मक चित्रकलामा सहभागी गराएको थियो ।
प्रतिनिधिसभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले नेपाल-भारतसम्बन्ध सुदृढ गर्न र साझा अवसरको लाभ लिन सहकार्यको आवश्यकता रहने बताउनुभएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका ७ नं वडा कार्यालयले नागरिकलाई सरकारको अनुभूति दिलाउन घरदैलोमै पुगेर घटना दर्ता गरिदिने व्यवस्था मिलाएको छ ।