तुलसीपुर उपमहानगरपालिका–१९ का जानका पौडेलले गोठभरि बाख्रा पाल्नुभएको छ । पोहोरसम्म दुई चार वटा मात्र बाख्रा पाल्ने पौडेलका अहिले १२ वटा खसी, बाख्रा पाल्नुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न मेला, महोत्सव तथा जात्राका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्धन नगर्न आग्रह गरेको छ ।
भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) ले नेपाल फर्किएका नेपाली विद्यार्थीलाई नियमित कक्षामा फर्कन आग्रह गर्दै यात्राको सबै खर्च बेहोर्ने बताएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई धार्मिक भावले बलियो बनाउने बताउनुभएको छ ।
पश्चिम नेपालमा भूकम्पबाट भएको क्षतिको मूल्याङ्कन र पुनर्निर्माणका लागि सरकारले जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गरेर काम अघि बढाउने भएको छ ।
गुल्मीका सात पालिकाले आज सार्वजनिक बिदा दिएका छन् । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमध्ये यहाँका सात पालिकाले सार्वजनिक सूचना जारी गरी ४३ औं राष्ट्रिय मगर एकता दिवसको अवसर पारेर आज सार्वजनिक बिदा दिएका हुन् ।
थारू लेखक सङ्घ नेपाल तथा जङ्ग्रार साहित्यिक बखेरीको संयुक्त आयोजनामा बर्दियास्थित राजापुर–२, जोेतपुर गाउँमा शुक्रबारदेखि सुरु हुने ९औं थारु साहित्य राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिल्लाको बर्जु गाउँपालिकाका उद्धव गुरुङले तस्बिर उपहार दिनुभएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा शल्यक्रिया थाल्ने भएको छ । एक साताभित्रै दुई सिफ्टमा शल्यक्रिया गर्ने गरी व्यवस्थापन गरिएको निमित्त निर्देशक डा. समाज गौतमले बताउनुभयो ।
उत्तरी जापानमा लागेको डढेलोका कारण ८० भन्दा बढी भवनमा क्षति पुगेको छ भने सयौं बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
खोटाङको दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएको छ । तीन दिनसम्म चल्ने बाँस सम्मेलनको बिहिबार संघीय वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले उद्घाटन गर्नुभएको हो ।
गत साउनदेखि यही फागुन १४ गतेसम्म पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले रु. ५१ लाख २२ हजार एक सय ५३ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
बाजुराका अधिकाशं विद्यालयले पछिल्लो समय विद्यार्थीलाई विद्यालयमै तरकारी उत्पादन गर्न सिकाउँदै आएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्र्तगतको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पालगायत हिमाली, आदिवासी समुदायको नयाँ वर्ष श्यिङ मो डुल लो २१५२ ग्याल्पो ल्होसारको शुभारम्भ गर्नुभएको छ ।