ताप्लेजुङको वनपाखामा गुराँस फुल्न थालेको छ । गुराँसको यो रङ्गीन छटा सौन्दर्य मात्र होइन, पर्यटन प्रवर्धनको सम्भावित अवसर पनि हो । हरेक वर्षजस्तै यसपटक पनि गुराँस फुलेसँगै यहाँका स्थानीय व्यवसायी र पर्यटनसँग सम्बन्धित व्यक्ति आशावादी देखिन्छन् ।
चापाकोट नगरपालिका–६ मा रहेको पवित्र तीर्थस्थल केलादीघाटको राधा दामोदर आरोग्य आश्रममा तीन लाख अनुदान उपलब्ध गराइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै नेपाली नागरिकलाई अनिवार्य बिमामा जोड्नुपर्ने बताउनुभएको छ ।
महोत्तरीका मगर समुदायले विविध कार्यक्रम गरेर मगर दिवस मनाइएको छ। अवसरमा गौशाला नगरपालिका ८ ढल्केवरमा जिल्लाभरका मगर समुदाय भेला भई एकता दिवस मनाइरहेका छन्।
खोटाङको घोपाटारस्थित माझी बस्तीमा लिफ्टिङमार्फत सिँचाइ सुविधा पुर्याइएकाे छ । दूधकोसी छेउमै बस्ती रहे पनि सिँचाइको अभाव हुँदा लिफ्टिङमार्फत कोसीको पानी तानिएको हो ।
भक्तपुर नगरपालिका–५ को चुपिङ्घाटस्थित काँल्हाचा पुखुः (पोखरी)मा नुहाए घाउ खटिरा निको हुने जनविश्वास छ । घरघरमा धारा नभएको समयमा गाहिटी, तमारी, खँला र आर्दशका स्थानीयहरु काँल्हाचा पुखुःमा स्नान गर्ने, मुख धुने, तर्पण दिने, देवीदेवतालाई जल चढाई चम्पकेश्वर महादेवको दर्शन गर्ने प्रचलन रहेको थियो ।
राष्ट्रिय मुक्ति पार्टी, नेपालले सङ्गठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष राजेन्द्र महतोले यस्तो बताउनुभएको हो ।
तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप गल्फको उपाधि नजिक पुग्नुभएको छ ।
इलामको माइ नगरपालिका–१ मा बिहीबार दिउँसो पिकअप दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।
गोरखामा चलचित्र पहाडको छायाङ्कन धमाधम भइरहेको छ ।
मगर समुदायले आज देशैभर ४३ औँ राष्ट्रिय मगर एकता दिवस मनाइरहेका छन्। मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवम् नेपाल मगर सङ्घको स्थापना भएको अवसरमा फागुन १५ गते राष्ट्रिय मगर एकता दिवस मनाइँदै आएको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनि फेला परेको शव ३३ वर्षीय शहीद अन्सारीको भएको पुष्टि भएको छ ।
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको लिभरपुल र म्यानचेस्टर सिटीले जित निकाल्दा अर्को बलियो टोली आर्सनल नटिङ्घम फरेस्टसँग बराबरीमा रोकिएको छ ।
हिन्द महासागरका द्वीपहरू मरिसस र ला रेयुनियन बिहीबार एक तीव्र उष्णकटिबन्धीय आँधी, चक्रवात गारान्सका लागि उच्च सतर्कतामा थिए । यसलाई पर्यटकीय गन्तव्यहरूका लागि ‘प्रत्यक्ष खतरा’ भनिएको थियो ।
बुधबार राति भएको सेमिफाइनलको खेलको पहिलो लेगमा रियललदे रियल सोसिडाडलाई उसैको मैदानमा १–० गोलले हरायो ।