• १५ फागुन २०८१, बिहिबार

महोत्तरीमा मगर दिवस मनाइयो

blog

जातीय पोशाकामा सजिएका महोत्तरीका मगर समुदायका बालबालिका । तस्बिरः रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, फागुन १५ गते। महोत्तरीका मगर समुदायले विविध कार्यक्रम गरेर मगर दिवस मनाइएको छ। अवसरमा गौशाला नगरपालिका ८ ढल्केवरमा जिल्लाभरका मगर समुदाय भेला भई एकता दिवस मनाइरहेका छन्। मगर दिवसको अवसरमा बर्दिबास नगरपालिककाले पहिलोपटक सार्वजनिक बिदा दिएको छ। 

नेपाल मगर सङ्घ महोत्तरीका अध्यक्ष भक्तबहादुर सुसलिङले आफ्नो जातिको अधिकार, अस्तित्व, पहिचान र सांस्कृतिक जर्गेनाका लागि यस भेगमा पनि मगर दिवस मनाइँदै आएको बताउनुभयो। 

गौशाला ८ का वडाध्यक्ष भोजबहादुर दर्लामीका अनुसार मगर एकता दिवस संस्कृति संरक्षणको उत्सवसमेत भएकोले यस अवसरमा इतिहास, भेषभुषा र भाषा, पहिचान, रीतिरिवाज तथा रहनसहन झल्काउन उल्लासमय सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। 


कार्यक्रममा नेपाल मगर सङ्घका उपमहासचिव समिर राना, केन्द्रीय सचिव रामकुमारी आले, केन्द्रीय गणेशबहादुर आले, दिलबहादुर किङरिङ, बिन्दु किङरिङ, रत्न राना, नेपाल मगर सङ्घ मधेश प्रदेश अध्यक्ष रुद्र बुर्जा लगायत स्थानीय जातीय अगुवा लगायत हजारौ सर्वसाधारणको सहभागिता रहेको छ। 

राष्ट्रिय जनगणना ०७८ का अनुसार महोत्तरीमा मगरको जनसङ्ख्या १४ हजार ७६० जना छ।