जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले सामुदायिक विद्यालयलाई शैक्षिक गुणस्तरमा अब्बल बनाउनुपर्ने बताउनुभएको छ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो ७४५ ग्राम सुनसहित तीन महिला र एक पुरुष गरी चार जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
पश्चिम नेपालकै सबैभन्दा ठुलो नाका मानिने नेपालगन्ज भन्सार नाकाबाट गत वर्षको तुलनामा यस वर्ष ११ प्रतिशत भन्दा बढी राजस्व सङ्कलनमा वृद्धि भएको छ ।
काठमाडौं महानगरपालिकाले यही फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा ‘काठमाडौं शैक्षिक मेला’ आयोजना गर्ने भएको छ । महानगरपालिकाद्वारा थालिएका कार्यक्रमबाट विद्यार्थीमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र सीपहरूको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले समग्र स्वास्थ्य क्षेत्रलाई समेटेर एकीकृत स्वास्थ्य ऐन ल्याउने तयारी गरिरहेको बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले साहित्य समाज परिवर्तनको सशक्त हतियार भएको धारणा राख्नुभएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेसको वार्षिक राष्ट्रिय परिषद् यही फागुन २१ र २२ गते हुने भएको छ । भक्तपुरमा हुने परिषद्को उद्घाटन समारोहलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रय समितिको उपाध्यक्ष तथा प्रचार प्रसार विभागका संयोजक राधिका कुइंकेल खनालले बताउनुभएको छ ।
मगर समुदायले बिहीबार ‘‘मगर इतिहास, भाषा, संस्कृति, संरक्षण–संवर्धन मगरहरूको मूल मन्त्र, मगरात पहिचान र स्वायत्त शासनसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र’’ देशैभर ४३ औँ राष्ट्रिय मगर एकता दिवस मनाएका छन् ।
गोरखाको गण्डकी गाउँपालिकाले निःशुल्क लोकसेवा आयोगको अनलाइन तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।
भारतको बढ्दो क्राफ्ट बियर दृश्यको अंशका रूपमा वर्षा भाट दुई तरिकाले दुर्लभ हुनुहुन्छ : पहिलो मदिरा बनाउने महिलाका रूपमा र दोस्रो मदिरा पिउने महिलाका रूपमा ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यमा नेपाललाई मतदान गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।
नेपाल–जापान फ्रेन्डसिप समिट २०२५ का लागि नेपाल आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरुले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टचार भेटघाट गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो क्याबिनेट बैठकमा युरोपेली सङ्घ (इयू) को जन्म अमेरिकालाई ‘मजबुत बनाउन’का लागि भएको बताउनुभएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१९ का जानका पौडेलले गोठभरि बाख्रा पाल्नुभएको छ । पोहोरसम्म दुई चार वटा मात्र बाख्रा पाल्ने पौडेलका अहिले १२ वटा खसी, बाख्रा पाल्नुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न मेला, महोत्सव तथा जात्राका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्धन नगर्न आग्रह गरेको छ ।