जयकृष्ण यादव
इनरुवा, फागुन १५ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिल्लाको बर्जु गाउँपालिकाका उद्धव गुरुङले तस्बिर उपहार दिनुभएको छ ।
गुरुङले हातले कोरेर राख्नुभएकोमा उक्त तस्बिर जनतासँग माओवादी तराई मधेश जागरण अभियानअन्तर्गत विरानटरबाट बर्जु गाउँपालिका प्रवेश गर्ने क्रममा अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गर्नुभएको हो ।
बिहीबार बिहान माओवादी केन्द्रको अभियानमा बर्जु गाउँपालिका १ शुक्रबारेमा भएको स्वागत कार्यक्रममा उद्धव गुरुङका धर्मपत्नी बिमला गुरुङले अध्यक्ष प्रचण्डलाई तस्बिर हस्तान्तरण गर्नुभएको छ ।