शुक्रबार राति चोरको समूहले सक्रौल टोलका श्रीभुपनारायण राय, राजदेव राय, तेजा सहनी, गगनदेव साह र सुकदेव रायको घरमा चोरी गरेको हो। पाँचवटा घरमा घरभित्र रहेका गरगहना, नगदलगायतका सरसामग्री चोरी भएको पीडितले बताएका छन्।
काठमाडौँ विश्वविद्यालयमा विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले सम्बन्धित तहमा सेमेष्टर उत्तीर्ण गरेको प्रमाणपत्रका आधारमा बाँकी रहेको सेमेष्टरको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने व्यवस्था गरिने भएको छ ।
आयोजक गोर्खाली रग्बी क्लबले प्रथम गोर्खाली रग्बी सेभेन्सको उपाधि जितेको छ ।
राष्ट्रिय समाचार समिति (रासस) का दमौली समाचारदाता कृष्ण न्यौपानेलाई राष्ट्रिय फोटो पत्रकार समूह नेपाल तनहुँले सम्मान गरेको छ । शाखाको आज दमौलीमा आयोजित दोस्रो अधिवेशनमा राससकर्मी न्यौपाने सम्मानित हुनुभएको हो ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका–५, बनिनियाँमा एक महिलाको शव घरकै पूजाकोठामा गाडिएको अवस्थामा फेला परेको छ। शनिबार दिउँसो २० वर्षीया अञ्जली यादवको शव घरभित्रै फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुणकुमार सिंहले पुष्टि गर्नुभएको छ।
इजरायल-हमास युद्धविरामको पहिलो चरण शनिबार टुङ्गिँदै छ तर स्थायी युद्धविराम सुरक्षित गर्ने अर्को चरणको यसद्धविरामको सङ्केत अझै अनिश्चित रहेको छ ।
सुनसरीको भोक्राहा नरसिंहमा सम्पन्न कोशी प्रिमियर लिगको उपाधि नमुना बलाष्टर इटहरीले जितेको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले शनिबार माना हिमपहिरोबाट उद्धार गरिएका घाइतेलाई भेटी घटनाबारे जानकारी लिनुभएको छ ।
भारतको उत्तरी राज्य पञ्जाबमा शनिबार घरको छाना खस्दा एक परिवारका पाँच सदस्य (एक दम्पती र तिनका तीन छोराछोरी) को मृत्यु भएको प्रहरीले जनाएको छ ।
ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा शनिबार सिंगल्स उपाधि जित्नुभएको छ । अर्नव पुरुष तथा आरती महिलामा च्याम्पियन बन्नुभयो ।
मकवानपुरको सुन्दर पर्यटकीय क्षेत्र कैलाश गाउँपालिकामा साहसिक खेल ‘जिपलाइन’ निर्माण परीक्षण गरिएको छ। पर्यटकीय स्थलको प्रवर्धन र पर्यटक आकर्षित गर्न ‘जिपलाइन’ निर्माण गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताउनुभयो।
बैमौसममा परेको वर्षासँगैको असिना र हावाहुरीले मकै, गहुँ लगायत कृषिउपज नष्ट गरेपछि यहाँका किसान चिन्तित बनेका छन् ।
सशस्त्र प्रहरी बलले गोरखाको साम्दो इलाकामा पर्ने पदमार्गमा यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ।
इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमानहरू दिनमा निराहार बस्छन् ।
धनुषाको लालगढमा माझी समुदायले जातीय पहिचानका लागि सडक प्रदर्शन गरेका छन्। शनिबार लालगढका माझी समुदायले माझी समुदायको महान् चाड कोशी (लदी) पूजाको अवसर पारेर सडक प्रदर्शन गरेका हुन्।