बाँकेमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न निकुञ्जले विभिन्न काम गरिरहेको छ । त्यसै क्रममा निकुञ्जमा पर्यटक भित्र्याउन बाँके निकुञ्जनजिकको अगैया क्षेत्रमा रहेको राप्ती नदीमा बोटिङ र र्याफ्टिङका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको छ ।
यस वर्ष खाद्यान्न आयात बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा गत वर्षको सोही अवधिको भन्दा आठ अर्ब रुपियाँ धेरैको अन्न आयात भएको छ ।
दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले यस वर्षका लागि इपिएसमार्फत कोरियाली भाषा परीक्षाको नयाँ आवेदन खुलाउन ढिला गरेको छ । अघिल्लो वर्ष उत्पादनमूलक क्षेत्रमा पुसमै भाषा परीक्षाको आवेदन खुला गरेको एचआरडी कोरियाले अहिलेसम्म आवेदन माग गरेको छैन ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माणको महाअभियानमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ ।
संविधान कार्यान्वयनका सवालमा निर्माण गर्नुपर्ने कानुनलाई तीव्र रूपमा अगाडि बढाउने उद्देश्यले सत्ता साझेदार दल आन्तरिक र बहुपक्षीय संवादमा छन् ।
हरिहरपुरगढी गाउँपालिका–१ बसेरीमा आज साँझ चट्याङ लागेर तीनजना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर रहेको छ।
शनिबारदेखि सुरु भएको दोस्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगितामा आयोजक वीरगञ्ज युनाइटेड क्लब वीरगञ्ज उद्घाटन खेलमा विजयी भएको छ । शनिबारको खेल वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले उदघाटन गर्नु भएको थियो ।
शनिबार नेपाली दूतावासमा आयोजित विशेष कार्यक्रममा भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा, भारतीय विदेश मन्त्रालयका नेपाल हेर्ने प्रोटोकल अधिकारी तुसारअंशु शर्मालगायत उच्च अधिकारीले मन्त्री यादवलाई स्वागत गर्नुभएको हो।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कूटनीतिका माध्यमबाट खेलको विकास र विस्तार गर्न सकिने बताउँदै साहसिक खेलको विकास गर्न सकिए यो संसारकै लागि आकर्षणको केन्द्र बन्ने बताउनुभएको छ।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सबैको सहमतिमा संविधान संशोधन गर्ने तयारी भइरहेको बताउनुभएको छ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शिक्षा व्यावहारिक र जीवनोपयोगी हुनुपर्ने बताउनुभएको छ। शनिबार रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीस्थित श्री मावि ज्यामिरेखानीको स्वर्ण महोत्सव कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो।
शुक्रबार राति चोरको समूहले सक्रौल टोलका श्रीभुपनारायण राय, राजदेव राय, तेजा सहनी, गगनदेव साह र सुकदेव रायको घरमा चोरी गरेको हो। पाँचवटा घरमा घरभित्र रहेका गरगहना, नगदलगायतका सरसामग्री चोरी भएको पीडितले बताएका छन्।
काठमाडौँ विश्वविद्यालयमा विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले सम्बन्धित तहमा सेमेष्टर उत्तीर्ण गरेको प्रमाणपत्रका आधारमा बाँकी रहेको सेमेष्टरको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने व्यवस्था गरिने भएको छ ।
आयोजक गोर्खाली रग्बी क्लबले प्रथम गोर्खाली रग्बी सेभेन्सको उपाधि जितेको छ ।
राष्ट्रिय समाचार समिति (रासस) का दमौली समाचारदाता कृष्ण न्यौपानेलाई राष्ट्रिय फोटो पत्रकार समूह नेपाल तनहुँले सम्मान गरेको छ । शाखाको आज दमौलीमा आयोजित दोस्रो अधिवेशनमा राससकर्मी न्यौपाने सम्मानित हुनुभएको हो ।