इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमानहरू दिनमा निराहार बस्छन् ।
धनुषाको लालगढमा माझी समुदायले जातीय पहिचानका लागि सडक प्रदर्शन गरेका छन्। शनिबार लालगढका माझी समुदायले माझी समुदायको महान् चाड कोशी (लदी) पूजाको अवसर पारेर सडक प्रदर्शन गरेका हुन्।
म्याग्दी जिल्लाभित्रका ऐतिहासिक महत्त्वकाे स्थलहरूको प्रचारप्रसार गरेर पर्यटकको आगमन बढाउनु पर्नेमा स्थनीयले जोड दिएका छन् ।
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको बृहत् आख्यान ‘कमरेड जलजला’ हालै बजारमा आएको छ। ९० वर्षीय कम्युनिष्ट नेता सिंहले यो उपन्यास वास्तविकता र कल्पनाको मिश्रण भएको उल्लेख गर्नुभएको छ।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–६, खयरघारीमा गैँडाको आक्रमणबाट एक जना घाइते हुनुभएको छ ।
गृहमन्त्री रमेश लेखकले नेपाललाई लागुपदार्थ मुक्त देशको रूपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने बताउनुभएको छ। शनिबारबाट नेपाल प्रहरीले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो।
रूपन्देहीको सैनामैना नगरपालिका–४ मुर्गियास्थित फुटबल रङ्गशालामा हुने प्रथम सुनगाभा सैनामैना गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
बाराको कोहल्वीमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) मधेश प्रदेशको पाँचौ साधारण सभामा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संविधानको समावेशीतासम्बन्धी प्रावधानको उचित प्रयोग नभएको बताउनुभएको छ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी सम्मान प्रदान गरिएको छ ।
प्रथम कोशी खेलकुद महोत्सवअन्तर्गत बुद्धिचाल प्रतियोगिताको उपाधि सिएम शुश्रुत दाहालले जित्नुभएको छ ।
नवलपरासी पूर्व (नवलपुरको) कावासोती १३ मा रहेको शान्ति मध्यवर्ती सामुदायिक वनमा स्थलगत नमुना अभ्यास गराइएको हो ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ५ नाम्चेमा सिकिस्त बिरामी हुनुभएको पशुपति तामाङलाई नेपाल प्रहरीको टोली उद्धार गर्दै ।
धनगढीको नवजीवन अस्पताल प्रालिले स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पतालमा पनि लागु गर्न माग गरेको छ । अस्पतालको वार्षिकोत्सवको अवसरमा आज पत्रकार सम्मेलन गरी स्वास्थ्य बीमा कार्यक्रम निजी अस्पतालमा लागु गर्न माग गरिएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारी बोध भएका कर्मठ, अनुशासित र इमानदार नागरिक तयार गर्न विद्यालयको शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।
टर्कीको जेलमा रहेका नेता अब्दुल्लाह ओकालानको अनुरोधपछि कुर्द लडाकू समूह (पिकेके)ले शनिबार टर्कीसँग युद्धविरामको घोषणा गरेको छ ।