बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले यातायातसम्बन्धी सबैखाले समस्या समाधान गर्न प्रदेश सकार तयार रहेको बताउनुभएको छ ।
भारत सरकारको आर्थिक सहयोगमा बारा जिल्लाको बङ्गरी नदीमाथि भलुही–भरवलिया–८ मा निर्माण गरिएको पक्की पुल सञ्चालनमा आएको छ । ‘नेपाल–भारत विकास सहयोग’अन्तर्गत सामुदायिक विकास परियोजनाको रूपमा सार्वजनिक पूर्वाधार क्षेत्रअन्तर्गत निर्माणाधीन पुल सञ्चालनमा ल्याइएको हो ।
आज कहिले सिमसिम पानी त कहिले हल्का झुल्किएको घाम । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित अरनिको राजमार्गखण्डको सरसफाइमा ‘राष्ट्रका लागि दुई घण्टा अभियान’लाई साथ दिन हातमा कुचो र डस्विन बोक्दै सडकमा पुग्नुभयो बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा ।
तुलसीपुरमा एक महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अहिले सहकारीप्रति नकारात्मक धारणा रहेको भन्दै आफ्नो गतिविधिबाट सहकारीहरुले आफूलाई राम्रो प्रमाणित गर्नुपर्ने बताउनुभएको छ ।
भूमि जागरण अभियान नेपालका संयोजक तथा पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले राष्ट्र र राष्ट्रियताका निम्ति स्वाभिमानी नेपाली एकजुट हुनुपर्ने बताउनुभएकोछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका नेता भोलोदिमिर जेलेन्स्कीबिच शुक्रबार ओभल अफिसमा भएको वार्तामा दुई नेताबिच आफ्ना आफ्ना अडान राख्ने क्रममा चर्काचर्की भएको छ ।
सामाजिक विकास कार्यालय तीन महिनादेखि प्रमुखविहीन भएको छ । कार्यालय प्रमुख नहुँदा चालु आर्थिक वर्षमा बजेट विनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयन ठप्प भएको छ । कर्मचारीहरूले तलब पनि खान पाएका छैनन् ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले राष्ट्रको सुरक्षामा नेपाली सेनाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बर्दिवासमा बिना दर्ता सञ्चालित पाँच वटा अस्पताललाई बन्द गर्न निर्देशन दिएको बताउनुभएको छ । अनुगमनको क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको भएको हो ।
हिउँदे पानीसँगै भएको हिमपातले दोलखाको तीन हजार ८४२ मिटराइ उचाइको कालिञ्चोक भगवतीको दर्शन गर्न आएका हजारौँ भक्तजनहरू अलपत्र परेका छन् ।
जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा यही फागुन १८, १९ र २० गते बिहान ११ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकाभित्रको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन ६ वटा सब स्टेसन निर्माणाधीन छन् । नेपाल विद्युत प्राधिकरणले उपत्यकाभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा १३२/११ केभीका ६ वटा सबस्टेसन निर्माण गरिरहेको छ ।
रुपन्देहीको मायादेवि गाउँपालिका–२ मा एकजना युवक हत्या गरिएको अवस्थामा मृत फेला परेका छन् ।
महाकुम्भ स्नानका लागि भारत गएका सप्तरीका तीन जना सम्पर्कविहीन भएका छन् । महाकुम्भ स्नानका लागि भारत गएका सप्तरीका दिदीभाइ सम्पर्कविहीन भएको सात दिन भइसकेको छ ।