उत्तरी भारतको सीमा क्षेत्रमा हिमपहिरोमा फसेका ४७ जनाको खोजी टोलीले उद्धार गरे पनि अझै आठ जनाको खोजी भइरहेको अधिकारीहरूले शनिबार बताएका छन् ।
मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागत र परिक्रमा मेलामा सहभागिताका लागि मटिहानी नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक बिदा दिने भएको छ । नगरमा आइतबारका लागि सार्वजनिक विदा दिइएको हो ।
सिरिजङ्घा गाउँपालिकाले कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा चौँरी याक प्रदर्शनी गर्ने भएको छ । विश्वको तेस्रो अग्लो हिमालको आधार शिविरमा चौँरी याक प्रवद्र्धन तथा संरक्षण गर्न प्रदर्शनी आयोजना गर्न लागिएको हो ।
जुम्ला, फागुन १७ गते । शुक्रबार बिहानैदेखि हिमपात र वर्षा हुँदा यहाँका किसानलाई राहत पुगेको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ र वर्षा भएको हो । उच्च ठाउँमा एक फिट जति हिउँ परेको पातारासी गाउँपालिका-१ का स्थानीयवासी मुनबहादुर एडीले जानकारी दिनुभयो ।ढिलोगरी वर्षासँगै भएको हिमपातपछि आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन् । गत असोजदेखि पानी नपर्दा हिउँदे बाली सुक्दै गएका थिए । जिल्लाका आठवटै स्थानीय तहमा धेरैजसो ठाउँमा सिँचाइको अभाव छ । जहाँ किसानले आकाशे वर्षात्का भरमा जौँ, गहुँ बाली लगाउने गर्छन् । हिमपातका कारण जौँ, गहुँलगायत नयाँ स्याउका बिरुवा लगाउन निकै सहज भएको हिमा गाउँपालिका-६ का स्थानीय किसान दुर्गा शाहीले बताउनुभयो ।जिल्लामा स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिमपातका कारण सहज भएको कृषि विकास कार्यालयका सूचना अधिकारी दीपकसिंह धामीले बताउनुभयो । जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ । साथै सदरमुकाम खलङ्गा बजारबाट चल्ने लामो तथा छोटा दूरीका सवारीसाधन फाट्टफुट्ट चलेको तिला कर्णाली यातायातले जनाएको छ । गत २४ घण्टामा जिल्लामा ३३ मितिमिटर वर्षा भएको हावापानी फिल्ड कार्यालयले जनाएको छ । रासस
हुम्ला जिल्लाका आन्तरिक तथा जिल्ला बाहिरका लागि सञ्चालनमा रहेका यात्रु बोक्ने यातायातका साधन कारबाहीमा परेका छन् ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले बजार अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका खाद्य सामग्री नष्ट गरेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय जनताले पाउनुपर्ने उद्देश्यले तराई-मधेश अभियानमा जुटेको बताउनुभएको छ ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुलुककै सबैभन्दा बढी बिरामीले सेवा लिनेमध्ये संस्थाका रूपमा रहेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्न बनेको विधेयकमा भएका प्रावधानले अभिव्यक्ति स्वतन्त्रता हनन् नहुने बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्ने मात्र नभई धेरै भएको छ तर देश र जनताका लागि हामीले अझै थुप्रै गर्न बाँकी छ भन्ने अठोट्सहित राष्ट्र निर्माणको महाअभियानमा जुट्न अपिल गर्नुभएको छ ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।
सामाजिक विकास कार्यालय पर्वतले निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सुरु गरेको छ ।
गृहमन्त्री रमेश लेखकले लागुऔषधमुक्त समाज निर्माणका निम्ति लागुऔषधविरूद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फाल्ने जोकोहीलाई रु. पाँच हजारदेखि १५ हजारसम्म जरिवाना गराउने भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले यातायातसम्बन्धी सबैखाले समस्या समाधान गर्न प्रदेश सकार तयार रहेको बताउनुभएको छ ।