लमजुङका किसानहरूले फल उत्पादनपछि खेर गैरहेको अलैंचीको रेसाबाट हस्तकलाका सामग्री बनाउन सिकेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको अस्थिरतामा रम्न चाहनेले सरकारको आयुबारे हल्ला चलाउने गरेको बताउनुभएको छ ।
सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमपात भएपछि चिसोका कारण हुने समस्या सहयोगका लागि त्यस क्षेत्रमा रहेको नेपाल प्रहरीले गस्ती सुरु गरेको छ। यसवर्ष हिउँद यामको पुस माघ महिनामा पर्न नसकेको हिउँ जाडो घट्ने बेला मध्य फागुनमा परेको हो।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सिन्धुलीको विपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका-५ मुल्कोटमा आज दिउँसो भएको सवारी दुर्घटनामा आठ जना घाइते भएका छन् । झापाबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र. ०२-००१ ज ००६ नम्बरको विद्युतीय गाडी तीव्र गतिका कारण अनियन्त्रित भई सडक छेउको डिभाइडरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिङ्कुकुमारी सदाको सामूहिक बलात्कार र शङ्कास्पद मृत्यु घटनाका दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेको छ ।
निजी तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विद्यालयलाई अनिवार्य रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन माग गरेका छन्।
खानेपानीमन्त्री प्रदीप यादव आज छिमेकी मुलुक भारतको औपचारिक भ्रमणका लागि प्रस्थान गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग शान्ति स्थापना गर्ने कुरामा चकाचर्की भएपछि अमेरिकी टेलिभिजन फक्स न्यूजसँग बोल्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकासँगको आफ्नो सम्बन्ध अझै सुधारगर्न सकिने बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जित देखिने गरी युद्धविराम गराउन बाध्य पार्ने छन् भन्ने चिन्तामा रहेका अमेरिकी सहयोगी युरोपेली मुलुकका नेताले अमेरिकी र युक्रेनी नेताहरूबिचको चर्काचर्की सञ्चारमाध्यममा आएसँगै जेलेन्स्की र युक्रेनको समर्थनमा आफ्ना भनाइहरू सार्वजनिक गरेका छन् ।
ताप्लेजुङको सिदिङ्वा र मिक्वाखोला गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को पालिका कमिटी चयन भएको छ।गाउँपालिका कमिटीको अधिवेशनमार्फत उक्त पालिकाहरुमा माओवादी केन्द्रको नयाँ कमिटी चयन भएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पत्रकारिता र आम सञ्चारमाध्यमको सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
बाँकेको राप्तीसोनारी ७ वसन्तपुरस्थित अर्जुन पासीको घरमा शुक्रबार साँझसम्म निकै खुसीको माहोल थियो । उहाँको घरमा एक सातादेखि नाचगान लगायत विभिन्न कार्यक्रम हुँदै आएका थिए ।
उत्तरी भारतको सीमा क्षेत्रमा हिमपहिरोमा फसेका ४७ जनाको खोजी टोलीले उद्धार गरे पनि अझै आठ जनाको खोजी भइरहेको अधिकारीहरूले शनिबार बताएका छन् ।
मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागत र परिक्रमा मेलामा सहभागिताका लागि मटिहानी नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक बिदा दिने भएको छ । नगरमा आइतबारका लागि सार्वजनिक विदा दिइएको हो ।