सीता काफ्ले
तिनाउ (रुपन्देही), फागुन १७ गते । रुपन्देहीको मायादेवि गाउँपालिका–२ मा एकजना युवक हत्या गरिएको अवस्थामा मृत फेला परेका छन् ।
मायादेवि २ डञ्चहवाका २९ वर्षीय राकेश सिंह लोध हत्या गरिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एस.पी रन्जितसिंह राठौरले जानकारी दिनुभयो ।
मृतक लोधको टोउकोमा गम्भीर चोट रहेको एसपी राठौरको भनाइ छ । प्रहरीले लोधको हत्या भएको हुने सक्ने जनाएको छ । प्रहरीका अनुसार लोधको आफ्नो दाईसँग अङ्शबण्डा लफडा रहेको थियो । स्थानियले भने लोधलाई गोलि हानेर हत्या गरेको जनाएका छन् ।
राकेश अविवाहित लोध घरमा एक्लै बस्दै आएका थिए । उहाँका बुबा आमा तथा दाजुभाई अन्यत्रै बस्दै आउनुभएको छ । प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रहरीका अनुसार घटना शनिबा बिहान ७ः३० बजे तिरको हो । प्रहरीले बिहान ८ जानकारी पाएपछि घटनास्थल पुगेको जनाएको छ । प्रहरीले रगताम्य अवस्थामा लोधको शव फेला पारेको थियो ।
दाजुभाईबिच अङ्श मुद्दामा विवाद भएपछि अदालतमा मुद्दा समेत दर्ता भएको पारिवारिकले जनाएको छ ।
घटना पश्चात लोधका दाजु फरार रहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान र दाजुको खोजी जारी राखेको प्रहरीले जनाएको छ ।