आँबुखैरेनी गाउँपालिकाले ऐनापहरा उद्यानबाट सात महिनामा रु ३० लाख आम्दानी गरेको छ । साउन पहिलो सातादेखि सञ्चालनमा आएको ऐनापहराबाट माघ मसान्तसम्ममा उक्त रकम आम्दानी भएको हो ।
प्रेस चौतारी नेपाल सुदूरपश्चिमको दोस्रो अधिवेशन १२ बुँदे घोषणा पत्र जारी गर्दै नयाँ कार्यसमिति चयन गरेर सम्पन्न भएको छ ।
नेपालमा पहिलोपटक आयोजना भएको त्रिदेशीय पर्यटन एक्स्पो (नेपाल इन्डिया चाइना एक्स्पो) नाइस–२०२५ मा नेपालको प्रवर्द्धन गरिएको छ ।
बाह्रै महिना पानी झरिरहने पाल्पाको निस्दी गाउँपालिका–५ बहपुर र बेलौजीको गाउँको बीच भागमा अवस्थित घाङ्चो छहरा हेर्दै मनमोहक छ । यसलाई मगर भाषामा घाङ्चो छहरा भनिन्छ । तर जनजिब्रोमा भने मगर भाषामै घाङ छहर अर्थात् नेपालीमा अग्लो झरनाका नामले चिनिन्छ ।
महाशिवरात्रिको अवसरमा ताप्लेजुङको मैवाखोला गाउँपालिकामा आयोजना गरिएको रघुनाथ–छत्रमाया स्मृति रनिङ कपको उपाधि चाँगेको माछापोखरी हिटी क्लबले जितेको छ । पाहुना टोली म्याङ्लुङ स्पोर्टिङ क्लब तेह्रथुमलाई २–१ गोलले पराजित गर्दै चाँगेले उपाधि जितेको हो ।
अनौपचारिक रुपमा सडक सञ्जाल जोडिएसँगै हुम्लामा सवारी साधनहरुलाई पार्किङमा समस्या देखिएको छ । साँघुरो सडक र पार्किङ स्थल समेत नभएका कारण सदरमुकाम सिमकोट भित्रिने यातायातका साधनलाई पार्किङमा समस्या देखिएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
बागलुङ जेसीजको आयोजनामा तेस्रो संस्करणको जेसीज कप फुटबल प्रतियोगिता हुने भएको छ । फागुन १९ देखि २४ गतेसम्म जेसीज कप फुटबलको तेस्रो संस्करण आयोजना गर्न लागेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जेसीज वर्ष २०२५ अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
सङ्घीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक आइतबार बस्ने भएको छ । आज मध्याह्न १२ः१५ बजेबाट सुरु हुने बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा रहने सदस्यहरुको हेरफेर गर्नुहुने छ ।
लेनदेन विवादमा बैतडीमा गोली प्रहार गर्दा एक युवकको मृत्यु भएको छ । छिमेकी दाजु नाता पर्नेको गोली प्रहारबाट घाइते हुनुभएका दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको भएको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आइतबार बस्न लागेको छ । ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
आफ्नो जन्मभूमि कसलाई प्यारो हुँदैन र ? आफू जन्मिएको थातथलो सबैका निम्ति उत्तिकै प्यारो हुन्छ ।
नेपालमा सञ्चालित ११ वटा विश्वविद्यालयका देशभरमा कुल एक हजार ४४० क्याम्पस छन् ।