धनकुटा नगरपालिका–७ र ८ को सीमास्थित मार्गाथानमा रहेको मार्गाथान कुवा स्थानीयको खानेपानीको मुख्य स्रोतका रूपमा रहेको छ ।
वालिङ खेलमैदानमा प्रथम पिङ्क सिटि महोत्सव कप–२०८१ पुरुष भलिबल हुने भएको छ । वालिङ चेम्बर अफ कमर्सद्वारा आयोजित प्रथम पिंक सिटि महोत्सव – २०८१ को अवसरमा यहि फागुन २५ देखि चैत २ गतेसम्म स्याङ्जा जिल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
मकवानपुरको अग्रणी साहित्यिक संस्था भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले एकै मञ्चमा विभिन्न विधाका ११ जना स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानले विशेष साङ्गीतिक तथा पुरस्कार समर्पण समारोहको आयोजना गर्दै शनिबार हेटौँडामा चार जनालाई राष्ट्रिय पुरस्कार र अन्य सात जनालाई विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।
कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना आरोपमा अध्यक्ष यामबहादुर रोकासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड रुपियाँ बिगो दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत म्याग्दीमा अभियोजन बुझाएको छ ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले २०८२ भित्रै पार्टीको १५ औँ महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को आयोजनामा भैरहवामा हुने कार्यक्रममा सहभागी हुन शनिबार भैरहवा आइपुग्नुभएका नेता कोइरालाले गौतम बुद्ध विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै २०८२ भित्रै महाधिवेशन गर्नुपर्नेमा जोड दिनुभएको हो ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकार २०८४ सालसम्मै रहने बताउनुभएको छ ।
दुई दिन परेको हिउँदेझरीले गोकुलेश्वरमा जारी व्यापारिक मेला प्रभावति भएको छ । बिहीबारदेखिको वर्षाका कारण दार्चुला र बैतडीको सीमा बजार गोकुलेश्वरमा महाशिवरात्रिदेखि सुरु भएको मेला प्रभावित भएको हो ।
भोजपुरको पश्चिमी क्षेत्र टेम्केमैयुङ–९ लेखर्कका स्थानीयवासी व्यावसायिक मौरीपालनमा जुटेका छन् । मौरीपालनसम्बन्धी प्राविधिकसँगै आधुनिक ज्ञान पाएपछि परम्परागत रूपमा मौरीपालन गरिरहेका किसान आधुनिक मौरीपालनमा जुटेका हुन् ।
बाँकेको जानकी गाउँपालिका–४, छत्रपुर र खजुरा गाउँपालिका–४, चल्तुवास्थित किरण नालामा निर्माणाधीन पुलको कामले गति लिएको छ ।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ई गाउँमा भएको जिल्लास्तरीय फुटबल प्रतियोगिताको उपाधि न्यू दर्पण युवा स्पोर्टस क्लव ई गाउँले जित्न सफल भएको छ ।
तनहुँको एक स्थानीय तहले आफ्नै बजेटबाट छाटो समयमा नै पुल निर्माण गरी स्थानीयको सपना पूरा गरिदिएको छ । शुक्लागण्डकी नगरपालिकाले आफ्नै बजेटमा पुल निर्माण गरेर जोखिम पूर्ण तरिकाले खोला वारपार गर्नुपर्ने बाध्यताको अन्त्य गरिदिएको हो ।
यहाँका गाउँबस्तीमा बालविवाह बढ्दै गएका छन् । प्रदेश सरकार अन्तर्गत सामाजिक विकास कार्यालय, स्थानीय सरकारले बालविवाह न्यूनीकरणका लागि अभियान सञ्चालन गरे पनि सार्थकता पाउन सकेको छैन ।
मकवानपुरको मनहरी गाउँपालिका ६ रुपाचुरीमा चट्याङ लागेर मङगल मुक्तानसहित तीन जना घाइते भएका छन् । घर बाहिर बसिरहेको अवस्थामा एक्कासि चट्याङ लाग्दा मङ्गल मुक्तानसहित तीन जना घाइते हुनुभएको हो ।
नयाँ शैक्षिक सत्रका लागि हुम्लाका सबै पालिकाका लागि किताब आइसकेका छन् ।
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको छ ।