राष्ट्रियसभाको सदस्य भएको एक वर्ष मात्र भयो । यो एक वर्ष राष्ट्रियसभामा रहँदैगर्दा धेरै अनुभव लिन पाएँ । पहिलो कुरा त कानुन निर्माण गर्ने विषयमा धेरै कुरा अध्ययन गर्ने मौका मिल्यो ।
नेकपा (माओवादी केन्द्र) इनरुवा नगर कमिटीको दोस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा नगर अध्यक्षमा गोबिन्द पौडेल निर्वाचित हुनुभएको छ ।
परम्परागतदेखि थारू समुदायको धार्मिक तथा सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकिएको भुह्यारथानलाई दाङको घोराहीमा नमुना तथा आधुनिक भुह्यारथानको रुपमा निर्माण गरिएको छ । घोराही उपमहानगरपालिका –१७ स्थित गुलरिया पार्कमा देशकै नमुनाको रुपमा पक्की तथा आधुनिक भुह्यारथान निर्माण गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनुभएको छ ।
सप्तरीको राजविराजवासीले बिटौरी तथा ब्लक जग्गाको लालपुर्जाको माग गर्दै आज बिहानैदेखि बजार बन्द गरेर आन्दोलन गरेका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) मधेस प्रदेश समितिले गोरखापत्र दैनिकका समाचारदातासहित चार जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
भारतीय उद्धारकर्ताहरू आइतबार शून्यभन्दा तल तापक्रममा हिमपहिरोद्वारा पुरिएका मानिएका चार हराइरहेका कामदारलाई खाेज्न हतारिएका छन् । त्यहाँ हिमपातले अझै बढी हिउँ खस्ने जोखिम बढाइरहेको छ ।
कार चालक सम्पर्कमा आएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार कारबाही चलाइने डिभिजन वन कार्यालयका वन अधिकृत बस्यालले बताउनुुभएको छ ।
आगलागीबाट पीडित भएका परिवारलाई पाथीभरा याङवरक गाउँपालिकाले राहत सामग्री प्रदान गरेको छ । अग्निपीडित पाथीभरा याङवरक गाउँपालिका –२ थेचम्बु ओलकका स्थानीय युवराज तामाङको परिवारलाई गाउँपालिकाले आज राहत सामग्री उपलब्ध गराएको हो ।
उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले साना दलहरु फुटाउने योजना बनाएको भन्ने कुरा हल्लामात्रै भएको बताउनुभएको छ ।
उच्च अदालत बार एसोसिएसन हेटौँडाको अध्यक्षमा अधिवक्ता मनप्रसाद भट्टराई निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न एसोसिएसनको निर्वाचनबाट दुई वर्षे कार्यकालका लागि भट्टराई अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
विरोधको बाबजुद नेकपा (एमाले)को पाख्रिवास नगरपालिकाको नगर अधिवेशन सम्पन्न भएकाे छ । शनिबार सम्पन्न भएको नगर अधिवेशनमा पाख्रिवास नगरपालिकाका पूर्व प्रमुख वृष (राजन) राईको समूहको विरोधको बाबजुद पनि नगर अधिवेशन सम्पन्न भएको हो ।
आमसञ्चारलाई व्यावसायिक, खोजमूलक र विश्लेषणत्मक बनाउने उद्देश्यले सार्वजनिक सञ्चारमाध्यममा क्रियाशील पत्रकारका लागि एक दिवसीय क्षमता विकास कार्यक्रम आयोजना गरिएको छ ।
म्याग्दीमा निर्माणधिन जलविद्युत् आयोजनाहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत गर्नुपर्ने खर्च पारदर्शी नभएको सरोकारवालाहरुले बताएका छन् ।
हिन्दू संस्कारमा गाईको महत्व जन्मेदेखि मृत्युपर्यन्त छ । पञ्चगव्य अर्थात् दूध, दही, घ्यू, गहुँत (गौमूत्र) र गोबर विविध संस्कारमा प्रयोग हुने कुरा आम नेपालीका लागि नौलो विषय होइन ।