जनतालाई असहज भएको वन ऐन संसोधन गरिने वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले बताउनुभयो। ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुमा निर्माण भएको किरात वाम्बुले राई स्वालेवा स्तम्भ पार्क उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री शाहीले यस्तो बताउनुभएको हो।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईले आफ्नो चरित्र हत्या गरेको भन्दै पूर्वअध्यक्ष गणेश थापाले राईविरुद्ध आइतबार उजुरी दिनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालले कोष स्थापना भएदेखि पहिलो पटक योगदान गरेको जानकारी दिनुभयो। योगदानले भविष्यमा आउने विपद्को पूर्व तयारी तथा प्रतिकार्य अवस्थामा पनि सहायक सिद्ध हुने आशा गरिएको डा. बुढाथोकीको भनाइ छ।
‘नगर प्रहरीले प्रभावकारी ट्राफिक व्यवस्थापन गर्न सक्छन्’
खुला रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि नेपालमा युवा खेलाडी पुरुषोत्तम सिलवालले जित्नुभएको छ ।
सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको विभिन्न शाखामा आगलागी भएको छ। वडा नम्बर ३ फुर्केचौरमा गाउँपालिकाले भाडामा लिएर शाखा सञ्चालन गरेको रुदबहादुर खत्रीको ढुङ्गा, माटोले बनेको टिनको छानो भएको दुई तले घरमा आइतबार दिउँसो आगलागी भएको हो।
राष्ट्रिय फेन्सिङ च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र आयोजक गण्डकी प्रदेश टिम च्याम्पियन भएको छ ।
वैदेशिक रोजगार बोर्डका निर्देशक एवम् गीतकार टीकाराम ढकालको गीत ‘छोरो गयो परदेश’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार अस्ट्रेलियाका रोसलाई एक वर्षका लागि प्रशिक्षकमा नियुक्त गरेको हो । रोस एक महिना अघिनै नेपाल आउनुभएको थियो ।
घोडाघोडी नगरपालिका १० कान्तिराज्य लक्ष्मी माध्यमिक विद्यालयको खेलमैदान र सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा खेलहरुमा भएका थिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य सेवा क्षेत्रमा निजी क्षेत्रका भूमिका महत्त्वपूर्ण भएको बताउनुभएको छ।
स्वास्थ्य सेवा कार्यालयले निर्धारित खोप केन्द्रमा भ्याक्सिन, स्वास्थ्यकर्मी, स्वयंसेवक पुगेपछि आइतबारबाट खोप लगाउन सुरु भएको हो ।
एक महिनासम्म उपवास बसेर विविध कार्यक्रमका साथ मनाइने मुस्लिम समुदायको महान् पर्व रमजान आइतबारबाट सुरु भएको छ।
सप्तरीको राजविराज नगरपालिकाभित्र विभिन्न सडक तथा नाला निर्माण कार्य सात वर्षमा पाँचौँ पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न भएन ।
गृहमन्त्री रमेश लेखकले पाथीभरा केबुलकार निर्माण विवादबारे सरकारले वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहेको बताउनुभएको छ। राष्ट्रिय सभाको आइतबारको बैठकमा उठेका प्रश्नको जवाफ दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो।