आन्तरिक उडानमा रहेका साना जहाज एकपछि अर्को गरी भूमिस्थ (ग्राउन्डेड) हुँदै गएपछि दुर्गम क्षेत्रको उडान सीमित हुँदै गएको छ ।
काठमाडौँ महानगरपालिकाले १८० जना ट्राफिक प्रहरी तयार गर्दै छ । त्यसका लागि महानगरले आइतबारदेखि राष्ट्रिय सभा गृहमा तालिम सुरु गरेको छ ।
विशेष अदालतले झुटा विवरणका आधारमा पदावधि लम्ब्याई गैरकानुनी लाभ लिएको आरोप लागेका नेपाल बिमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्य सिलवाललाई सफाइ दिएको छ ।
फौजदारी मुद्दामा दोषी ठहर भई किशोरावस्थामै कारागार पुगेका झापा मेचीनगरका सार्के तामाङ कानुनले तोकेभन्दा छ वर्ष बढी सजाय भुक्तान गरी रिहा भएका हुन् । कानुनी व्यवस्थालाई राज्यले नै उपेक्षा गर्दा लागुऔषध र कर्तव्य ज्यान दुई मुद्दामा सार्केले पाउनुपर्ने अधिकतम २४ वर्ष
कालीकोटको महावै गाउँपालिका जोड्ने तिला नदीमाथिको पक्की पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले काम सुरु नै नगरी पटक पटक म्याद थप र भुक्तानी मात्र माग्ने गरेको पाइएको छ ।
नेकपा (एमाले) केन्द्रीय सचिवालयको ४५ औँ बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले जनसङ्गठनको केन्द्रीय कमिटीको अधिकतम सङ्ख्यामा हेरफेर गर्ने निर्णय गरेको छ ।
काठमाडौँको टोखाबाट एक ज्यान मुद्दाका अभियुक्त गुड्डु पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुनसरीको भोक्राहा नरसिंह –६ मा आगलागी भएको छ । आगलागीमा परेर पाँच घर जलेर नष्ट भएको छ । आइतबार साँझ लागेको आगोले चार परिवारको पाँचवटा घर जलेर नष्ट भएको छ ।
अन्तरिक्षमा लामो यात्रापछि एक अमेरिकी कम्पनी साहसी चन्द्रमामा अवतरण गरेको छ । यसको अन्तरिक्ष यान सफल भएपछि यो उपलब्धि हासिल गर्ने दोस्रो निजी अवतरणकर्ता बनेको छ ।
बर्दियाको राजापुर नगरपालिका २ जोतपुरमा सम्पन्न भएको औँ थारु साहित्य राष्ट्रिय सम्मेलनमा थारु स्रष्टा सुशील चौधरीलाई ५० हजार रुपियाँको थारु साहित्य पुरस्कार र सुनिता चौधरीलाई २५ हजारको महिला ‘प्रतिभा’ शसक्तिकरण पुरस्कार प्रदान गरिएको छ।
सिद्धगुफा मोटर मार्ग १६ दिन बन्द भएको छ । सडक स्तरोन्नतिको काम भइरहेकाले आइतबारदेखि सडक बन्द गरिएको हो ।
कास्कीमा सूर्यदर्शनसहित आठ सहकारीको रकम अपचलनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ। सहकारीसम्बन्धी संसदीय छानबिन समितिले देशभर ४० सहकारीमा ८७ अर्ब ८९ करोड रुपैयाँ हिनामिना भएको औंल्याएको थियो।
सत्तारुढ दल नेकपा (एमाले) ले पाथीभरा केबलकार निर्माणका सन्दर्भमा उत्पन्न भएको विवादमा स्थानीय जनप्रतिनिधिहरु, स्थानीय प्रशासन र सरोकारवाला समूहहरुसँग छलफल गरेर केबलकार निर्माण प्रक्रिया अघि बढाउनुपर्ने बताएको छ ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) गोरखाको अध्यक्षमा मेलिना बराम सर्बसम्मत निर्बाचित हुनुभएको छ । आइतबार फोनिज गोरखाको सदरमुकाम गोरखामा सम्पन्न चौथो अधिबेशनबाट अध्यक्षमा बराम निर्बाचित हुनुभएको हो ।
ताप्लेजुङमा निःशुल्क रुपमा दुई सय ४१ कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको छ। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङले कुकुरहरूलाई निःशुल्क रेबिजविरुद्धको खोप लगाएको हो।