शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन १८ गते। काठमाडौँको टोखाबाट एक ज्यान मुद्दाका अभियुक्त गुड्डु पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार आइतबार साँझ भाग्न खोजेका गुड्डुुलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको हो।
प्रवक्ता आचार्यले भन्नुभयो, “इन्स्युरेन्सको लागि यता आएको छ भन्ने एक सूचनाको आधारमा फलो गर्दाखेरी त्यहाँ फेला परेको हो। पछि भाग्न खोजेको थियो, अहिले नियन्त्रणमा लिइएको छ।”
प्रहरीका अनुसार गुड्डु लाल मोहम्मद हत्याका अभियुक्त हुन्।