लमजुङको क्व्होलासोंथर गाउँपालिका –६ पसगाउँमा आइतबारदेखि पन्ध्रौं पसगाउँ महोत्सव सुरु भएको छ । महोत्सवको गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले उद्घाटन गर्नुभयो ।
गएको बिहीबारदेखि जिल्लाको सिमाना घुच्चीलेकमा हिउँ जमेसँगै अवरुद्ध भएको नाग्म गमगढी लोगमार्ग आइतबारदेखि सुचारु भएको छ।
अर्थ मन्त्रालयले पूर्व अर्थ सचिवसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ। पूर्व अर्थ सचिवले अर्थतन्त्रमा थप सुधारका लागि बोल्ड कदम चाल्न सुझाव दिएका छन्।
ताप्लेजुङस्थित तमोर कोरिडोरको सिस्नेखोला–सिँवा बजार सडक खण्ड दिउँसो एक घण्टा मात्र खुल्ने भएको छ। फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिममा पर्ने उक्त खण्डमा सडक निर्माणको काम भइरहेकाले दिउँसो एक घण्टा मात्र सडक खुल्ने भएको हो।
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबार आयोजना गरेको राष्ट्रिय सदाचार नीति, दिगो विकास लक्ष्य र संकल्प प्रस्ताव सम्बन्धमा प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
जनतालाई असहज भएको वन ऐन संसोधन गरिने वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले बताउनुभयो। ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुमा निर्माण भएको किरात वाम्बुले राई स्वालेवा स्तम्भ पार्क उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री शाहीले यस्तो बताउनुभएको हो।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईले आफ्नो चरित्र हत्या गरेको भन्दै पूर्वअध्यक्ष गणेश थापाले राईविरुद्ध आइतबार उजुरी दिनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालले कोष स्थापना भएदेखि पहिलो पटक योगदान गरेको जानकारी दिनुभयो। योगदानले भविष्यमा आउने विपद्को पूर्व तयारी तथा प्रतिकार्य अवस्थामा पनि सहायक सिद्ध हुने आशा गरिएको डा. बुढाथोकीको भनाइ छ।
‘नगर प्रहरीले प्रभावकारी ट्राफिक व्यवस्थापन गर्न सक्छन्’
खुला रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि नेपालमा युवा खेलाडी पुरुषोत्तम सिलवालले जित्नुभएको छ ।
सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको विभिन्न शाखामा आगलागी भएको छ। वडा नम्बर ३ फुर्केचौरमा गाउँपालिकाले भाडामा लिएर शाखा सञ्चालन गरेको रुदबहादुर खत्रीको ढुङ्गा, माटोले बनेको टिनको छानो भएको दुई तले घरमा आइतबार दिउँसो आगलागी भएको हो।
राष्ट्रिय फेन्सिङ च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र आयोजक गण्डकी प्रदेश टिम च्याम्पियन भएको छ ।
वैदेशिक रोजगार बोर्डका निर्देशक एवम् गीतकार टीकाराम ढकालको गीत ‘छोरो गयो परदेश’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार अस्ट्रेलियाका रोसलाई एक वर्षका लागि प्रशिक्षकमा नियुक्त गरेको हो । रोस एक महिना अघिनै नेपाल आउनुभएको थियो ।
घोडाघोडी नगरपालिका १० कान्तिराज्य लक्ष्मी माध्यमिक विद्यालयको खेलमैदान र सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा खेलहरुमा भएका थिए ।