जयकृष्ण यादव
इनरुवा, फागुन १७ गते । सुनसरीको भोक्राहा नरसिंहमा सम्पन्न कोशी प्रिमियर लिगको उपाधि नमुना बलाष्टर इटहरीले जितेको छ ।
डाक्टर खलिल आजाद क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा आयोजक भोक्राहा नरसिंह अर्नाजलाई ३७ रनले पराजित गर्दै नमुना बलाष्टर इटहरीले उपाधि चुमेको हो ।
नमुनाले दिएको २०८ रनको लक्ष्यलाई भोक्राहा नरसिंह आर्नाजले १६९ रनमा सिमित भएपछि नमुनाले उपाधि चुमेको हो । उपाधिसँगै नमुनाले पाँच लाख ५० हजार ५ सय ५५ रूपियाँ पुरस्कार पायो । उपविजेताम भोक्राहा नरसिंह अर्नाजले तीन लाख ३३ हजार ३ सय ३३ रूपियाँ प्राप्त गरेको छ ।
विजेता र उपविजेतालाई प्रमुख अतिथि कोशी प्रदेश पर्यटन,वन तथा वातावरण मन्त्री सदान्नद मण्डल, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबाहदुर चन्द, भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादलगायतले पुरस्कार प्रदान गर्नुभयो ।