रूसले साउदी अरबमा भएको वार्तापछि किएभ सहमत भएको युक्रेनमा प्रस्तावित युद्धविरामको विस्तृत विवरणबारे अमेरिकाले जानकारी गराउने प्रतीक्षा गरिरहेको क्रेमलिनले जनाएको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद समाधानतर्फ उन्मुख भएको छ ।
प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम अगामी चैत ७ गते हुने भएको छ ।
विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकी प्रदेश समितिको तेस्रो महाधिवेशनले खिमा गुरुङको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चुनेको छ।बुधबार भएको प्रादेशिक महाधिवेशनबाट १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो।
प्रतिनिधिसभामा ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सो विधेयक प्रस्तुत गर्नुभएको हो ।
दाङको राप्ती गाउँपालिकाले आफ्नो नवौँ स्थापना दिवसका अवसरमा बुधबार साइकल दौड प्रतियोगिता गरेको छ ।
दाङमा एसइई दिने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय दाङका अनुसार जिल्लामा गत वर्षको तुलनामा यस वर्ष एसइई दिने एक हजार तीन सय ५६ जना विद्यार्थीको सङ्ख्या वृद्धि भएको हो ।
काठमाडौँ जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता (डिसिसी कप) चैत २ देखि ९ गतेसम्म हुनेभएको छ ।
हेटौँडा २ स्थित मकवानपुर बहुमखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा विद्यार्थी सङ्गठन दर्ताका विषयमा विरोध जनाउँदै निर्वाचनको पूर्व सन्ध्यामा तालाबन्दी गरेको नेपाल विद्यार्थी संघ (नेविसंघ) क्याम्पस इकाई समितिले क्याम्पसमा लगाएको ताला खोलेको छ ।
ताप्लेजुङबाट यस वर्ष दुई हजारभन्दा बढी विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुने भएका छन् । यही चैत ७ गतेदेखि सुरु हुने एसइई परीक्षामा नियमित र ग्रेडवृद्धितर्फ गरी दुई हजारभन्दा बढी परीक्षार्थी सहभागी हुने भएका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालमा पुनः राजतन्त्र फर्काउने कुरा कल्पनासम्म गर्न नसकिने बताउनुुभएको छ ।
धनकुटाका ६ वटा क्याम्पसमा तीन वटा विद्यार्थी सङ्गठनहरूले सर्वसम्मत रूपमा स्ववियुको नेतृत्व चयन हुने सहमति गरेका छन् ।
उत्तरी गोरखाको धार्चे गाउँपालिकाको स्थापना दिवसको अबसरमा भएको प्रथम अध्यक्षकप राष्ट्रिय पुरुष ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका विद्यान अधिकारी र प्रबिन लिङथेपलेको टोलीले उपाधी हात पारेको छ ।
ब्वाइज युनियन क्लब र नयाँबस्ती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।