सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गन बुधबारको खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ।
इरानका शीर्ष कूटनीतिज्ञले आफ्नो मुलुकसँग आणविक सम्झौता गर्न आह्वान गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पत्र एउटा अरब देशले चाँडै नै तेहरानमा पुर्याउने बताएका छन् ।
दिन प्रतिदिन बढ्दै गएको लागु औषध दुर्व्यसनको समस्यालाई नियन्त्रण गर्न अबको युद्ध, दुर्व्यसनविरुद्ध भन्ने नारासहित कोशी प्रदेशमा बुधबारदेखि औपचारिक रूपमा ‘फ्यान फाइट एगेन्स्ट नार्कोटिक्स अभियान प्रारम्भ भएको छ ।
१२६ रनको लक्ष्य पछ्याइरहेको नेपालले १४ ओभरको समाप्तिमा तीन विकेट गुमाएर नेपालले ७४ रन बनाएको छ।
सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्षी दलको विरोध जारी रहेको छ । प्रदेश सरकारसँग सम्बन्धित विभिन्न विषय अगाडि सारेर केही दिनदेखि प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्रले प्रदेश सभामा विरोध जनाउँदै आएका छन् ।
सुदूरपश्चिम प्रदेशमा कार्यरत लेखा समूहका अधिकृत स्तरका कर्मचारीले आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा धर्ना दिएका छन्। लेखा समूहको नवौं तह पद् बढुवाको विज्ञापन खोल्नु पर्ने माग गर्दै उनीहरुले धर्ना दिएका हुन्। प्रदेश लोकसेवा आयोगले गत फागुन गते प्रशासन समूहको नवौं तह बढुवाको विज्ञापन निकालेको थियो।
संयुक्त राज्य अमेरिकाले ह्वाइट हाउसले प्रतिबद्धता गरेअनुसार स्टिल र एल्युमिनियमको आयातमा लगाइएको व्यापक करलाई ‘कुनै अपवाद वा छुट बिना’ लागु गर्दै बुधबार आफ्नो करको दायरालाई व्यापक बनाएको छ ।
मङ्गलबार साउदी अरेबियाको जेद्दामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबिच उच्चस्तरीय वार्ता सम्पन्न भएको छ । वार्तापछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः सुरु गर्ने तथा खुफिया जानकारी आदानप्रदानमा रोक नलगाउने जनाएको छ ।
पाँचथरको फिदिममा जारी पाँचौँ संस्करणको फाल्गुनन्द गोल्डकपमा आजदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदैछ।
पाकिस्तानी सुरक्षा बलले बुधबार पहाडी दक्षिणपश्चिममा विद्रोहीहरूद्वारा बन्धक बनाइएका रेल यात्रुहरूलाई बचाउन ‘पूर्ण–स्तर’ को अपरेसन सुरु गरेको छ । दुई दिनको अवधिमा पाकिस्तानी सेनाले घेराबन्दी गरिएको रेलबाट एक सय ५५ जना बन्धकलाई मुक्त गर्न सफल भएको छ । अज्ञात सङ्ख्यामा यात्रुहरू अझै पनि रेलमा रहेका छन् ।
निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार कम्पनी एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने घोषणा गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रबन्ध सञ्चालक जाब्बोर कायुमोभले एनसेलले २०२५ भित्रै थ्रिजी बन्द गर्ने घोषणा गर्नुभएको हो ।
महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरमा नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताहरूले तोडफोड गरी निर्वाचन कार्यालयमा आगो लगाएका छन् । उनीहरूले निर्वाचन अधिकृत सुशील अधिकारीलाई कोठामै थुनेर आगजनी गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले फागु पूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित भएर मनाउन अनुरोध गरेको छ।
प्रतिनिधिसभामा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गरिएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयक संसदसमक्ष प्रस्तुत गर्नुभएको हो ।