उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माण र बाँडफाँटको अधिकार प्रदेश तथा स्थानीय सरकारलाई दिन नसकिने बताउनुभएको छ ।
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–६ ले आफ्नै नव–निर्मित कार्यालय भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको छ । वडा नम्बर ६ ले बिहीबारे काउले टोलमा निर्माण गरिएको आफ्नै वडा कार्यालय भवनबाट सेवा प्रवाह गर्न थालेको हो ।
विधायन व्यवस्थापन समितिले चेक अनादरको विषय अदालती प्रक्रियामा जाँदा चेकमा उल्लेख रकमको पाँच प्रतिशत जरिवाना लाग्ने व्यवस्थामा सहमति गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दूरसञ्चार क्षेत्रको नियमन कमजोर भएको र यस क्षेत्रलाई थप मजबुद बनाउका लागि कानुनी सुधार अपरिहार्य रहेको बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताउनुभएको छ ।
गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएकाले यसैलाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय बैतडीले सेवा लिन आएका सर्वसाधारणलाई सास्ती नहोस् भन्ने उद्देश्यले राति ८ बजेसम्म सेवा प्रदान गर्न थालेको छ । सामान्यतया बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ने जिल्ला प्रशासन कार्यालय अहिले राति ८ बजेसम्म खुला हुने गरेको छ ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले राजनीतिक अस्थिरताले अहिलेको व्यवस्थामाथि प्रहार भएको बताउनुभएको छ ।
बझाङमा रेबिजविरुद्धको खोप (एआरभी) अभावका कारण कुकुर तथा अन्य जनावरको टोकाइबाट घाइते भएका बिरामीहरू उपचार नपाएर घर फर्किन बाध्य भएका छन् । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीले समयमा खोप उपलब्ध गराउन नसक्दा जिल्लावासी स्वास्थ्य सङ्कटमा परेका हुन् ।
बाजुरामा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । शैक्षिक सत्र २०८० को तथ्याङ्क अनुसार नियमिततर्फ एक हजार ४८७ छात्र र एक हजार ३४७ छात्रा गरी दुई हजार ८३४ र ग्रेड वृद्धिका लागि छात्र ५१ छात्रा ४८ गरी ९९ गरी दुई हजार ९३३ जना विद्यार्थीहरुले एसइई परीक्षा दिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अन्तर–व्यवस्थापिका मञ्च, नेपालको १०औँ सम्मेलनबाट पारित सातबुँदे घोषणापत्र हस्तान्तरण गरिएको छ । उक्त मञ्चको गत पुस १–३ गते गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न सम्मेलनका निष्कर्षसहितको सात बुँदे घोषणापत्र बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा हस्तान्तरण गरिएको हो ।
जिल्लाको छत्रदेव गाउँपालिकामा ईभि दुर्घटना हुदाँ नौ जना घाइते भएका छन् । छत्रदेव गाउँपालिका वाड नम्बर ३ अर्चलनेटा बल्कोटमा प्रदेश ०१–००१–ज–०१४० ईभि बुधबार दुर्घटना भएको हो ।
प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरूले गणतन्त्रवादी शक्ति एक जुट हुँदै गणतन्त्र र संविधानको रक्षा गर्न जोड दिनुभएको छ । उहाँहरूले समसामयिक विषयमा सदन मार्फत सरकारको ध्यानाकर्ष गराउँदै सरकार जनताप्रति उत्तरदायी बन्न आग्रह गर्नुभयो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनको सिचुवान प्रान्तको छेन्दुमा आगामी चैतदेखि हप्तामा एउटा चार्टन उडानको तयारी थालिएको छ । विमानस्थल बनेको दुई वर्षसम्म पनि नियमित उडान हुन नसकेपछि विमानस्थललाई चलायमान बनाउन पहल थालिएको हो ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहिन, दलित, सुकुम्बासीले छिट्टै प्रक्रिया पूरा गरेर लालपुर्जा वितरण गर्ने बताउनुभएको छ । जसका लागि भूमि आयोग र भूमि अध्यादेशमार्फत प्रक्रिया अघि बढिरहेको मन्त्री अधिकारीले जानकारी गराउनुभयो ।