• २८ फागुन २०८१, बुधबार

राजनीतिक अस्थिरताले व्यवस्थामाथि प्रहारः सभामुख घर्ती

blog

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर ।

कपिल ज्ञवाली
सिद्धार्थनगर, फागुन २८ गते ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले राजनीतिक अस्थिरताले अहिलेको व्यवस्थामाथि प्रहार भएको बताउनुभएको छ ।

नेपालको अहिलेको शासन प्रणाली विश्व कै उत्कृष्ट भएको बताउनुहुँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कार्यान्वयनकै चरणमा रहेको बताउनुभयो । “सङ्घ र प्रदेशमा छिटो छिटो सरकार परिवर्तन भई रह्यो । यसले सकारात्मक सन्देश दिएको छैन ।’’

पाल्पाली समाज नेपालले बुधबार बुटवलमा आयोजना गरेको होली मिलन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै सभामुख घर्ती मगरले भन्नुभयो, ‘‘सरकार फेरबदल भई रहने र नेता तथा जनप्रतिनिधिको कार्यसैलीप्रति इङ्कित गर्दै केहीतत्वले व्यवस्थामाथि नै प्रश्न उठाएको छ ।’’ उहाँले जनताको कामबाट त्यसको जवाफ दिनु पर्ने पनि बताउनुभयो ।

समाजका अगुवाहरूको पहलले नै समाजमा समाजिक आर्थिक, सांस्कृतिक र राजनीतिक विकास हुने बताउनुहुँदै उहाँले सबैको प्रयासबाट मुलुकको समृद्धी हुने बताउनुभयो । उहाँले पाल्पालीहरू स्वाभीमानी र सरल भएकाले पनि केन्द्रीय राजनीतिमा प्रभाव राख्न नसकेको हो कि भन्ने आफुलाई लागेको बताउनुभयो ।

सभामुख घर्ती मगरले होली पर्वको शुभकामना दिनु हुँदै यो पर्वले पाल्पालीहरूसहित सम्पूर्णमा आपसी सदभाव भातृत्वको विकास एवम् सुस्वास्थ्य दीर्घायुको शुभकामना व्यक्त गर्नुभयो । समाजका अध्यक्ष पदमबहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष जित बहादुर भाटको स्वागत, समाजका सैनामैनाका अध्यक्ष शोभाखर पोख्रेलको सञ्चालनमा भएको होली मिलनमा पाल्पामा जन्मस्थल भई विभिन्न पेशा व्यवसाय सञ्चालन गरी रूपन्देही जिल्लामा बसोवास गर्नुहुनेहरूको उपस्थिति रहेको थियो ।

ल्पा समाज २०६२ सालदेखि कृयाशिल रहेको छ । कार्यक्रममा संस्थापक सल्लाहकार डा.रामप्रसाद बस्याल, पूर्व अध्यक्ष एम बि विश्वकर्मा, संस्थापक महासचिव जगत पोख्रेल, पूर्व सचिव किशोर पगेनी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।